श्रीमती भेट्न विमान अपहरण : सबै यात्रु मुक्त

एजेन्सी –काठमाडौं १६ । इजिप्ट एयरको विमान अपहरण गरी साइप्रसको लार्नका पुर्‍याएका अपहरणकारीले ४ विदेशी र चालकदलका सदस्य बाहेक अन्य सबैलालाई रिहा गरेको अन्तर्रा्ष्टि्रय समाचार एजेन्सीहरूले जनाएका छन् । इजिप्टकै सहर एलेक्सान्ड्रियाबाट कायरो तर्फ गइरहेको इजिप्ट एयरको आन्तरिक उडान एक हतियारधारीले अपरहरण गरेको बताइएको छ । अपहरणकारीले उक्त विमान आफुनी श्रमितीलाई भेट्न अपहरण गरेको बीबीसीले जनाएको छ । अपहरणकारीले बिस्फोटक पदार्थ भएको भेस्ट र बेल्ट लगाएको चालकदलका सदस्य र मुक्त यात्रुहरुले बताएको इजिप्ट एयरका अधिकारीहरुले बताएका छन् । समाचार एजेन्सीहरू उल्लेख गरे अनुसार उक्त इजिप्ट एयरको एयरबस ए–३२० मा ८० जनाभन्दा बढी यात्रु सवार थिए ।

Published On:  572पटक हेरिएको

तपाईको प्रतिक्रिया