अल नुस्रा फ्रन्टले खसाल्यो सिरियाली युद्धक विमान

सिरिया, २३ चैत । सिरियाली सरकारविरुद्ध युद्धरत विद्रोहीले सरकारी युद्धक विमानलाई खसालिदिएको छ ।
सिरियाको उत्तरी सहर एलएइस नजिकै सरकारी विमान खसालेको र विमान चालकलाई जीवितै अवस्थामा नियन्त्रणमा लिएको अल कायदा सम्बद्ध रहेर सिरियामा आतंकबादी गतिविधि सञ्चालन गर्दै आएको अल नुस्रा फ्रन्टले जनाएको छ ।
अलेप्पो प्रान्तको रणनीतिक रुपमा विद्रोहीले गतिविधि सञ्चालन गर्दै आएको उक्त सहरबाट गत शुक्रबार मात्रै सरकार पक्षधर स्थानीय तथा सुरक्षाकर्मी सहर निकाला गरेको थियो ।

Published On:  530पटक हेरिएको

तपाईको प्रतिक्रिया