नेपाल भारत सम्बन्ध अन्य देशसँग तुलना गर्न मिल्दैन:भारत

काठमाडौं–९, चैत ।
भारतले नेपालभारत बीचको ऐतिहासिक र जनस्तरको सम्बन्ध अरु कुनै देशसँगको सम्बन्ध वा समझदारीसँग ‘तुलना गर्न नमिल्ने बताएको छ । जवाहर भवनमा मंगलबार आयोजित प्रेस ब्रिफिङमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा भएको १० बुँदे समझदारी र चीनसँग नेपालको बढ्दो सम्बन्ध बारे सञ्चारकर्मीको जिज्ञासामा विदेश मन्त्रालयका प्रवक्ता विकास स्वरुपले भू–राजनीतिक तथा ऐतिहासिक कारणले नेपाल–भारत बिशिष्ट सम्बन्ध अरु देशसँग तुलनै हुन नसक्ने बताउनुभएको हो । bikash sorupa indian

‘नेपालसँगको खुला सिमानाको सम्बन्ध, इतिहासको साझेदारी, संस्कृति र सभ्यताको समानता तथा जनस्तरको साइनो सम्बन्ध र निकटताको नमुना भएको बताउनुभयो । प्रवक्ता स्वरुपले प्रधानमन्त्री ओलीको एक महिना अघिको दिल्ली भ्रमणले पनि बिशिष्ट सम्बन्धको संकेत गरेको बताउनुभयो । हाल नेपाल भारतबीच २६ वटा आवागमनका नाका रहेकोमा यसमध्ये १० वटा व्यापारिक प्रयोजनका नाका रहेको भन्दै उनले साझेदारीको खुलासा गरेका थिए ।
यस्तै, जोगबनी–बिराटनगर र जयनगर–बिजनपुरा–बर्दिबास रेल्वे लाइन निर्माण क्रममा रहेको जानकारी गराउँदै प्रवक्ता स्वरुपले नेपालगंज, काँकडभिट्टा र भैरवहा जोड्ने रेल्वे लाइन बिस्तारको क्रममा रहेको जानकारी गराएका थिए । तराइस्थित हुलाकी सडकको ६ सय ५ किलोमिटर निर्माण पहिलो चरणमा जारी रहेको र यसमा ८७ किलोमिटर निर्माण पुरा भैसकेको र बाँकी ९ सय किलोमिटर अर्को चरणमा पुरा हुने उनले बताएका थिए ।

उनले भूपरिबेष्ठीत मुलुकले पाउने अधिकारका रुपमा नेपालले कुनै मुलुकसँग पनि पारवहन समझदारी गर्न सक्ने भन्दै भारत टान्जिटमार्फत नेपालको तेस्रो देशमा हुने आयातनिर्यातको निर्भरता ९० प्रतिशत रहेको दाबी गरेका थिए ।

तपाईको प्रतिक्रिया