क्यानडामा विमान दुर्घटना पूर्व मन्त्री सहित ७ को मृत्यु

एजेन्सी–चैत १७ ।
क्यानडामा एक निजी विमान दुर्घटना हुँदा सात जनाको ज्यान गएको छ । क्युबेकको पूर्वी तटमा भएको विमान दुर्घटनामा परि पूर्वमन्त्री सहित ७ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

दुर्घटनामा क्यानडाका पूर्व यातायात मन्त्री जिन लापिरेसहित उनका परिवारका सदस्यहरु परेको जनाइएको छ । विमान दुर्घटनामा परि लापिरेकी श्रीमती, दुई भाई र एक बहिनीको निधन भएको छ। उनीहरु लापिरेको बुबाको अन्तिम संस्कारको लागि जादैँ गर्दा दुर्घटनामा परेका जनाइएको छ ।

लापिरे क्यानडामा राजनीतिक विश्लेषकका रुपमा काम गर्दै आएका थिए । उनले यसअघि संसद् सदस्यका रुपमा सन् १९७९ देखि १९९३ र २००४ देखि २००७ सम्म काम गरेका थिए । भारी हिमपात र हावा हुण्डरीका कारण विमान दुर्घटना भएको क्यानडास्थित सरकारी अधिकारीहरुले जनाएका छन् ।

तपाईको प्रतिक्रिया