तीन गुटमा नेपाली कांग्रेस

फाुगन २० । नेपाली काग्रेसको १३ औँ महाधिवेशनले चयन गर्ने सभापति पदको लागि कार्यबाहक सभापति रामचन्द्र पौडेल, बरिष्ठ नेता शेरबहादुर देउवा र महामन्त्री कृष्णप्रसाद सिटौलाले उम्मेद्वारी घोषणा गरिसकेका छन् । कार्यबाहक सभापति रामचन्द्र पौडेल, बरिष्ठ नेता शेरबहादुर देउवा र महामन्त्री कृष्ण सिटौलाले सभापतिमा उम्मेदवारी घोषणा गरेपछि अब त्रिपक्षीय भिडन्त हुने भएको छ । सभापतिका यी उम्मेदवारले आफु सहित प्यानल नै घोषणा गरेका छन । यस क्रममा सभापतिका उम्मेदवार रामचन्द्र पौडेलले महामन्त्रीमा विपि पुत्र शशांक कोइरालाको साथ पाएका छन । यसको अलावा कार्यवाहक सभापति पौडेललाई समग्र कोइराला परिवारको साथै गणेशमान पुत्र सम्मको साथ रहेको छ । त्यस्तै सभापतिका अर्का उम्मेदवार शेरवहादुर देउवाले विहीवार नै प्यान सहितको उम्मेदवारी घोषणा गरेका छन । उनले महामन्त्रीमा अर्जुुननरसिह केसी तथा कोषाध्यक्षमा चित्रलेखा यादवलाई उठाएका छन । देउवा पुराना नेता कुलवहादुर गुरुङको प्रस्तावमा र खुमवहादुर खड्काको समर्थनमा उम्मेदवारी दर्ता नै गराएका छन । त्यस्तै गरि कृष्ण सिटौलाले घोषणा गरेको प्यानलमा महामन्त्रीमा युवा नेता गगन थापा रहेका छन् । कोषाध्यक्षमा भने उमाकान्त चौधरी छन् । प्यानल नै घोषणा गरेर तिन वटा समुह चुनावी प्रतिस्पर्धामा उत्रिएका छन । यस क्रममा संस्थापन पक्षका दुईवटा समुह खडा भएका छन । पौडेल र सिटौला एउटै समुहका प्रतिस्पर्धी भएकोले देउवा समुह केही फाइदा महशुस गरिरहेको देखिन्छ ।

तपाईको प्रतिक्रिया