मन्त्रिपरिषद्द्धारा राष्ट्र बैंकको डेपुटी गर्भनर सहित तीन महाबाणिज्यदूतको नियुक्ति

फागुन १९ । मन्त्रिपरिषद्को बैठकले नेपाल राष्ट्र बैंकको डेपुटी गर्भनर सहित तीन महाबाणिज्यदूत नियुक्ति गरेको छ । सिंहदरवारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले राष्ट्र बैंकको डेपुटी गर्भनरमा गर्भनरमा चिन्तामणि सापकोटा र शिवराम श्रेष्ठलाई नियुक्त गरेको हो । मन्त्रिपरिषद्को बैठकले सहसचिवत्रय एकनारायण अर्याललाई कलकत्ता, गोविन्दा कार्कीलाई ल्हासा र कमल भट्टराईलाई हङकङको महावाणिज्य दुतमा नियुक्त  पनि गरेको छ । त्यस्तै बैठकले पूनर्निर्माण प्राधीकरणको सिफारिसमा पूनर्निर्माण प्राधीकरण नियमावली, भूकम्पमा क्षतिग्रस्त निजी घरहरु पूर्न्निर्माणका लागि जग्गा प्राप्ति कार्यविधि, अनुदान कार्यविधि लगायत यस सम्बद्ध प्रस्तावहरूलाई पनि पारित गरेको छ ।

Published On:  612पटक हेरिएको

तपाईको प्रतिक्रिया