सभापतिका उम्मेद्वारका प्रत्यासीको आ–आफ्नै दाबी सिटौला भने गुपचुप

फागुन २३ । कांग्रेसको सभापति पदका उम्मेद्वारहरूले आफ्नै जित सुनिश्चित रहेको दाबी गरेका छन् । राष्ट्रिय सभागृहमा जारी मतदान प्रक्रियामा सहभागी सभापतिका उम्मेद्वार रामचन्द्र पौडेल र शेरबहादुर देउवाले आफूले जित्ने पक्का भएको दावि गरेका हुन् । सभापति पदका प्रत्यासी शेरबहादूर देउवाले सञ्चारकर्मीसँग कुरा गर्दै महाधिवेशन प्रतिनिधिहरूको जमात आफ्नो पक्षमा रहेकाले आफ्रले जित्ने निश्चित भएको दाबी गर्नुभएको हो । त्यस्तै, अर्का प्रत्यासी रामचन्द्र पौडेलले अबको नेतृत्व आफ्नो हनुपर्छ भन्नेमा महाधिवेशन प्रतिनिधि तथा कार्यकर्ता रहेकाले आफूले जित्ने पक्का भएको दाबी गर्नुभएको हो । सभापति पदका अर्का उम्मेद्वार कृष्ण सिटौलाले भने अहिलेसम्म कुनै प्रतिक्रिया दिनु भएको छैन ।

तपाईको प्रतिक्रिया