कस्तो छ कांग्रेस महाधिवेशन प्रतिनिधिलाई खाने बस्ने व्यवस्था ?

फागुन २२ । नेपाली कांग्रेसले १३ औ महाधिवेशनमा आएका महाधिवेशनलाई प्रतिनिधिहरूलाई सुविधायुक्त बस्ने खाने व्यवस्था गरेको छ । कांग्रेसले महाधिवेशनका लागि आएका प्रतिनिधिलाई विहान बेलुकाको खाना सहित सुविधायुक्त होटलमा बस्ने व्यवस्था मिलाइएको खाना तथा बसाई व्यवस्थापन समितिका संयोजक बलबहादुर केसीको भनाई छ । महाधिवेशन प्रतिनिधिलाई काठमाडौंको सिनामङ्गल, गौशाला, सुन्धरा, ठमेल र बागबजारमा रहेका होटलहरूमा आवसको व्यवस्था मिलाइएको छ । त्यस्तै प्रतिनिधिहरूलाई खानाको व्यवस्था भने महाधिवेशन स्थल भृकुटी मण्डपभित्रै गरिएको छ । १२ वटा स्टलमा झण्डै ३१ सय महाधिवेशन प्रतिनिधिसहित कार्यकर्ता र सञ्चारकर्मी गरेर ५ हजार जनालाई खानाको व्यवस्था गरिएको कांग्रेसको भनाइ छ । महाधिवेशन लागि गठित भएको अर्थ समितिको अनुसार चार दिनको अवधिमा खान र बस्नका लागि झण्डै २ करोड ५० लाख रूपैंया खर्च हुने अनुमान गरिएको संयोजक बलबहादूर केसीले जानकारी दिनुभयो । विगतका महाधिवेशन भन्दा यसपटको महाधिवेशनमा खाने बस्ने व्यवस्था राम्रो भएको महाधिवेशन प्रतिनिधि बताउँछन् । नेपाली कांग्रेसले देशभरबाट आएका महाधिवेशन प्रतिनिधिका लागि महाधिवेशन अवधिवर खाने बस्ने व्यवस्था गरेको हो ।

Published On:  484पटक हेरिएको

तपाईको प्रतिक्रिया