कांग्रेसमा सभापतिका लागि चार उम्मेद्वार भिड्ने

फागुन १९ । नेपाली कांग्रेसमा चार जना उम्मेद्वार सभापति लागि भीड्ने भएका छन् । संस्थापन पक्षबाट तीन र बरिष्ठ नेता शेर बहादूर देउवा गरी चार जनाले सभापतिको दाबी गर्दै उम्मेद्वारी दिने भएका हुन् । संस्थापन पक्षबाट कार्यवहाक सभापति रामचन्द्र पौदेल, महामन्त्री कृष्ण सिटौला र नेतृ सुजता कोइरालाले सभापतिको उमेद्वारी दिने भएका हुन् । नेतृ सुजाता कोइरालाले उनले बुधबार आफ्नै निवास मन्डिखाटरमा पत्रकार सम्मेलन गरी सभापतिमा उम्मेद्वारी घोषणा गरेकी हुन् । सभापतिमा नेतृ कोइरालाको उम्मेद्वारीसँगै कांग्रेसको १३ औं राष्ट्रिय महाधिवेशनमा ४ जना सभापतिको उम्मेद्वार हुcongressने देखिएको छ ।

Published On:  566पटक हेरिएको

तपाईको प्रतिक्रिया