सरकार गिराउने खेलमा लागेका छैनौ : प्रचण्ड

फागुन २२ । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकलम दाहाल प्रचण्डले आफ्नो पार्टी वर्तमान सरकार गिराउने खेलमा नरहेको बताउनुभएको छ । शनिबार नेपालगञ्जमा भएको कार्यक्रममा अध्यक्ष प्रचण्डले आफ्नो पार्टी सरकार गिराउने खेलमा नलागेको भन्दै बरू अहिलेकै सरकारलाई राष्ट्रिय सहमतिको सरकार बनाउन पर्छ भन्ने पहलमा लागेको बताउनुभयो । प्रचण्डले कांग्रेसको १३ औं महाधिवेशनपछि राष्ट्रिय एकताको सरकार बनाउने विषयमा छलफल हुनेपनि बताउनुभयो । १६ बुँदे सहमतिमा एमालेको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउने सहमति भएको स्मरण गर्दै प्रचण्डले अहिले पनि राष्ट्रिय सहमतिको सरकारको आवश्यकता औल्याउनुभयो ।

Published On:  523पटक हेरिएको

तपाईको प्रतिक्रिया