साउन १ गतेदेखि सामाजिक सुरक्षा भत्ता बढ्छ: प्रधानमन्त्री

१७ चैत्र, काठमाडौं,

प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी साउन १ गतेदेखि लागु हुनेगरि सामाजिक सुरक्षा भत्ता बढाउने घोषणा गरेका छन् ।

रिपोर्टस क्लब नेपालको २३औं वार्षिकोत्सव कार्यक्रममा प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै यस्तो बताएका हुन् । उनले १ गतेदेखि वृद्धभत्तालगायतका सामाजिक सुरक्षा भत्ता बढ्ने घोषणा गरेका हुन् ।

सम्बोधनको क्रममा प्रधानमन्त्री ओलीले भनेः “‘सामाजिक सुरक्षा भत्ता साउन १ गतेबाट बढ्छ । यो सुन्दा मान्छेहरूलाई अर्को छट्पटी शुरू होला । कसैलाई आपत्ति लाग्छ भने लागोस् । कसैलाई निद्रा लाग्दैन भने नलागोस् ।’’ उनले भने ।

तपाईको प्रतिक्रिया