१८ चैत, काठमाडौं । सरकारले ४० देखि ५९ वर्षसम्मका नागरिकलाई चिनबाट ल्याएको खोप दिने तयारी गरेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार चिनियाँ खोप पूर्वाधारका लागि उपयुक्त अस्पतालबाट ४० देखि ५९ वर्ष उमेरका नागरिकलाई दिने तयारी छ । चीन सरकारले नेपाललाई ८ लाख डोज खोप अनुदानमा दिएको छ ।
चैत १६ गते चिनबाट खोप नेपाल ल्याइएको थियो । खोप लगाउने सम्बन्धमा खोप सल्लाहकार समितिबाट परामर्श लिएर छिटै निर्णय गर्ने गौतमले बताए ।