सरकारले संस्कृतिविद सत्यमोहन जोशीको नाममा विद्यालय खोल्ने

चैत्र १७, ललितपुर-  सरकारले संस्कृतिविद सत्यमोहन जोशीको नाममा विद्यालय स्थापना गर्ने भएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको जिवीत इतिहास बोक्नुभएका संस्कृतिविद जोशीको नाममा विद्यालय स्थापना गर्ने चाहना व्यक्त गरेपछि सो सन्देश दिन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठ जोशी निवास पुगेका थिए ।

मन्त्री श्रेष्ठले संस्कृतिविद् जोशीको नाममा सामुदायीक विद्यालय खोल्ने तयारी थाल्न र उहाले चाहेकै स्थानमा विद्यालय स्थापना गर्न सरकारले पहल थाल्ने बताए । ‘राष्ट्रपति ज्युले संस्कृतिविद जोशीको स्वाथ्य अवस्थाबारे जानकारी लिन र उहाको नाममा विद्यालय स्थापना गर्न चाहना व्यक्त गरेपछि राष्ट्रपतिको शन्देश लिएर म नेपालका जिवीत इतिहार बोकेका संस्कृविद जोशीको निवासमा आएको हुँ–जोशीको निवासका आयोजित कार्यक्रममा मन्त्री श्रेष्ठले भने

उहाको नाममा खुल्ने विद्यालय नेपालकै नमुनाको हुनेछ, यस्ले उत्कृष्ठ सामुदायीक विद्यालयको सुचीमा पर्नेछ –मन्त्री श्रेष्ठको भनाई थियो ।
संस्कृतिविद जोशीले मुलुकलाई दिनुपर्ने सबै कुरा दिइसक्नुभएको छ । अब सरकारले उहाको नाम अनन्तकालसम्म रहनेगरी विद्याकुञ्ज अर्थात विद्यालय निर्माण गर्नेछ–मन्त्री श्रेष्ठको भनाई थियो । उहाले प्रधानमन्त्री केपी शर्मा ओलीले समेत जोशीको स्वाथ्य अवस्थाबारे जानकारी लिन आग्रह गर्नुभएको बताए ।
मेरो विषयमा राष्ट्रपति ज्युले सोधनी गर्नु अत्यन्तै खुसीको विषय हो, शिक्षामन्त्री लाई देखाउदै देशकोे शिक्षामन्त्री समेत आएर मेरो स्वाथ्य अवस्था बुझ्ने र मेरो नाममा विद्यालय खोल्ने घोषणा गर्नु महत्वपुर्ण विषय हो यस्ले गर्दा मलाई अति गौरब महसुस भएको छ–जोशीले बताए ।
सरकारसंग मेरो कुनै गुनासो छैन, मेरो तस्बीर अंकित हुलाक टिकटमा राष्ट्रपति ज्युले प्रथम टाचा लगाउनु गौरबको विषय हो, ललितपुर महानगरपालिकाको संयोजनमा मेरो तस्बीर अंकित सिक्का बजारमा ल्याउनु महत्वपुर्ण विषय हो । अब मेरो नाममा विद्यालय खोल्ने राष्ट्रपति स्वयंले राख्नु शौभाग्यको विषय हो –संस्कृतिविद जोशीको भनाई थियो ।
आउदो बैशाख ३० गते १ सय २ वर्ष वर्ष पुरा गर्नुहुने संस्कृतिविद जोशी जिवीत अवस्थामै उहाको नाममा विद्यालय स्थापना गर्ने तयारी शुरु गरेको छ ।
आगामी आबमा बजेट व्यवस्था गरी विद्यालय स्थापना गर्ने तयारी गरेको जानकारी गराउदै मन्त्री श्रेष्ठले भन्नुभयो–उहाको नाममा खुल्ने विद्यालयको नाम सत्यमोहन जोशी माध्यमिक विद्यालय हुनेछ ।
लगत्तै मन्त्री श्रेष्ठले यस विषयमा मन्त्रालयले प्रकृया पुरा गर्ने प्रतिबद्धता ब्यक्त  गरेका छन् तपाई जिवीत भएकै अवस्थामा मुलुकले सत्यमोहन जोशी माध्यमिक विद्यालय पाउनेछ, यो विद्यालय देशकै नमुनाको हुनेछ ।

तपाईको प्रतिक्रिया