चैत्र १८, काठमाडौँ- बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल विरूद्धको अविश्वास प्रस्ताव फिर्ता भएको छ। नेकपा एमालेका प्रदेशसभा सदस्यहरुले फिर्ता लिएका छन् ।
गत पुस १० गते नेकपा माओवादी केन्द्र र खनाल-नेपाल पक्षका ४५ जना सांसदको हस्ताक्षर सहित मुख्यमन्त्री पौडेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराएका थिए । तर मंगलबार प्रदेश सभा सचिवालयमा उक्त प्रस्ताव फिर्ता लिने सूचना दर्ता गरिएको छ।