सुल्झिएन मेरो शेयरको समस्या, लगानीकर्ता मर्कामा

चैत्र १७, काठमाडौँ-  मेरो शेयरमा निरन्तर रूपमा समस्या देखिँदा यतिबेला शेयर लगानीकर्ता समस्यामा परेका छन् ।

मंगलबार बिहान देखि मेरो शेयरको वेबसाइट नखुल्दा लगानीकर्ता क्लोजआउटमा पर्नसक्ने सम्भावना भएको छ । विक्री गरेको शेयर आज १ दिनभित्र इडीआएस (EDIS) गर्नुपर्ने हुन्छ नत्र जरिवाना लाग्ने गर्दछ ।

केही दिन अघि पनि मेरो शेयरमा समस्या आउँदा सीडीएससीले इडीआइएस गर्ने समय थप गरेको थियो ।

मेरो  शेयरबाट लगानीकर्ताले इडीआएस (EDIS) गर्न नसक्दा आक्रोशित बनेका हुन् ।

Published On:  184पटक हेरिएको

तपाईको प्रतिक्रिया