प्रधानमन्त्री विरूद्धको रिटमा बारको आपत्ति

काठमाडौं । मंगलबार सर्वोच्च अदालतमा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल विरूद्ध रिट दर्ता भएपछि नेपाल बार एशोसिएशनले असन्तुष्टि जनाएको छ  । मंगलबार एक विज्ञप्ती जारी गर्दै अध्यक्ष गोपालकृष्ण घिमिरे र महासचिव अञ्जिता खनालले संक्रमणकालीन न्यायसम्बन्धी विवाद निरुपणका लागि संविधान अनुसार गठन भएका आयोग हुँदा हुँदै त्यसलाई प्रभावित पार्ने गरि रिट दायर भएको आपत्ति जनाइएको हो । 

सबैधानिक परिषद् सम्बन्धी अध्यादेश फिर्ता

विवादास्पद संवैधानिक परिषद्सम्बन्धी विवादास्पद विधेयक आज सरकारले फिर्ता लिएको छ । मन्त्रिपरिषद्को निर्णय अनुसार प्रधानमन्त्रीको कार्यालयले विधेयक फिर्ता लगेको संघीय संसद सचिवालयले जानकारी दिएको छ । यसअघि प्रधानमन्त्री भएका बेला एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गर्नुअघि यो अध्यादेश जारी गरेका थिए ।

फागुन १ गतेदेखि त्रि.वि.मा अनिवार्य विद्युतिय हाजिरी

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले आफ्ना सबै कर्मचारीलाई हस्तलिखित हाजिरी खारेज गरी विद्युतिय हाजिरीको व्यवस्था गर्ने भएको छ । माघ ५ गते त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषदले मातहतका सबै क्याम्पस तथा कार्यालयहरूमा फागुन एक गतेदेखि विद्युतीय हाजिरी अनिवार्य लागू गर्ने निर्णय गरी कार्यान्वयनको प्रक्रिया अगाडि बढाएको हो । यो निर्णय कार्यान्वयनमा आएपछि विद्युतीय तलब–भत्ता भुत्तानी गर्न अनिवार्य

माघ २५ मा राष्ट्रियसभाको उपनिर्वाचन

काठमाडौं । राष्ट्रियसभाको एक रित्त पदको लागि लागि माघ २५ गते उपनिर्वाभन हुने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले २५ माघमा राष्ट्रियसभा उपनिर्वाचन गर्ने निर्णय गरेको हो । लुम्बिनी प्रदेशबाट निर्वाचित एमालेका खिमलाल भट्टराईले प्रतिनिधिसभा सदस्य निर्वाचनअघि राजीनामा दिएपछि रिक्त ठाउँमा उपनिर्वाचन हुन लागेको हो ।

चीनले हुम्लाको यारी नाका पनि खोल्यो

काठमाडौं– नेपालतिर एकतर्फी सामान आयात गर्नेगरी चीनले हुम्लाको यारी नाका पनि खोलेको छ । कोरोना शुरू भए लगत्तै बन्द भएको नाका चीनले तीन बर्षपछि खोलेर सोमबारदेखि सामान आयात गरेको हो । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्रीमा नियुक्त भएपवछि चीनले यसअघि बन्द गरेका नाका एकपछि अर्को खोल्दै गएको छ ।

नेपाल भित्रिने गहुँमा भारतले तोक्यो कोटा

काठमाडौं । नेपाल भित्रने गहुँमा भारतले चार महिना भित्र आयात गरी सक्नेगरी ५० हजार मेट्रिकटन गहुँ आयातको कोटा तोकेको छ । गत १ जेठदेखि भारतले नेपाल सहितका मुलुकमा गहुँ र गहुँको पिठो निर्यातमा रोक लगाएको थियो । गहुँ आयातका लागि औपचारिक निर्यात भने रोक्का नै राखेको समेत भारतले पत्राचार मार्फत जनाएको छ ।

राजनीतिक मुद्दा फिर्ता लिने गरी अध्यादेश ल्याउने सरकारको तयारी

काठमाडौं– सरकारले राजनीतिक दलका कार्यकर्तालाई रिह ागर्न सक्ने गरी अध्यादेश ल्याउने भएको छ । आइतबार बसेको मन्त्रिपरिषद बैठकले अध्यादेश ल्याउने निर्णय गरेको हो । सरकार गठनका लागि बहुमत जुटाउन प्रयासरत सत्तारुढ गठबन्धनले नागरिक उन्मुक्ति पार्टीको समर्थन खोजेको परिप्रक्षेमा यस किसिमको अध्यादेश ल्याउने तयारी सरकारले गरेको हो ।

अहिलेसम्म समानुपातिकमा कुन दलले कति मत प्राप्त गरे ? यस्तो छ विवरण

काठमाडौं– निर्वाचन आयोगको पछिल्लो मत परिणाम अनुसार समानुपातिक तर्फ नेकपा एमालेले पहिलो पार्टीकै रूपमा निरन्तर अग्रता कायम गरिहेको छ । पछिल्लो मत परिणाम अनुसार नेकपा एमालेले २३ लाख ३४ हजार ३ सय ४५ मत प्राप्त गरेको छ । दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले २२ लाख ३७ हजार ४ सय ९१ मत प्राप्त गरेको छ । तेस्रो स्थानमा रहेको माओवादी केन्द्रले ९ लाख ७८ हजार ८ सय ९९ र चौथो स्थानमा रहेको राष्ट्रिय स्वत

विश्वकपमा अर्जेन्टिनाको पहिलो जीत

काठमाडौं । जारी विश्वकप फुटबलमा अर्जेन्टिनाले पहिलो जित हासिल गरको छ । गएराति भएको खेलमा अर्जेन्टिनाले मेक्सिकोलाई २–० गोल अन्तरले पराजित गर्दै विश्वकपमा आफ्नो जित दर्ता गरेको हो । लियोनल मेसी र एन्जो फर्नान्डेजले दोस्रो हाफमा गोल गरेपछि अर्जेन्टिनाले नकआउट चरण प्रवेशको सम्भावनालाई जिवितै राखेको हो । मेसीले खेलको ६४ औं मिनेटमा गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए भने एन्जोले ८७ औं मि

कक्षा ११ र १२ सहित कलेजको पढाईको विकल्पमा स्थापित हुँदै ‘मेरो पढाई’ एप्स

पोखरा– क्लिन्च टेक प्रा.लि.ले सञ्चालनमा ल्याएको मेरो पढाई एप्सले शैक्षिक क्षेत्रमा नयाँ पद्धतिको विकास गर्दै विस्तारै बजारमा आफूलाई स्थापित गराउँदै लगेको छ । गएको कार्तिक देखि सञ्चालनमा आएको मेरो पढाई एप्सले विस्तारै विधार्थी माझ लोकप्रिय समेत बन्दै गएको छ । विद्यालय र कलेज नै नगई पनि सहजै आफ्नो अध्ययन पूरा गर्न सकिने यो एप्समा हालका लागि कक्षा ११ र १२ तथा व्यवस्थापन संकाय अन्र्तगतको वीवीएस (ब्याच