काठमाडौं । मंगलबार सर्वोच्च अदालतमा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल विरूद्ध रिट दर्ता भएपछि नेपाल बार एशोसिएशनले असन्तुष्टि जनाएको छ ।
मंगलबार एक विज्ञप्ती जारी गर्दै अध्यक्ष गोपालकृष्ण घिमिरे र महासचिव अञ्जिता खनालले संक्रमणकालीन न्यायसम्बन्धी विवाद निरुपणका लागि संविधान अनुसार गठन भएका आयोग हुँदा हुँदै त्यसलाई प्रभावित पार्ने गरि रिट दायर भएको आपत्ति जनाइएको हो ।