अमेरिकामा बसेर नेपाली समाज भड्काई रहेका टंक दाहाल

काठमाडौं । कुनै बेला टेक टंक भनेर दृश्य सम्पादन र प्राविधिक विषयको भिडियो युट्युबमा पोष्ट गर्ने टंक दाहालले पछिल्लो ३ बर्ष यता नेपाली समाज भड्काउने गरी कथा बुनेर युट्युब मार्फत भिडियो प्रशारण गर्न थालेपछि एकाएक चर्चामा आए ।

तथ्यहीन सूचनालाई हो जस्तो गरी प्रचार गरिरहेका टंक दाहाल अप्रमाणित कुरालाई पनि भएको हो भन्न कुनै कसुर बाँकी राख्दैनन् । उनले संसद भवनमा ३२ जना थुनिएको खबर आएको भनेर प्रचार गरे । त्यसको भोलीपल्ट संघीय संसद भवन जल्यो । उनले यो कुराको प्रमाण दिन सकेनन् । एम्बुलेन्सबाट प्रहरीले गोली हानेको भनेर टंक दाहालले अर्को झुट फैलाए, तर प्रमाण दिन सकेनन् ।

भिडियो विवादमा परेपछि उनले नेकपा एमालेका नेताले नै एम्बुलेन्सबाट गोली चलेको बोल्न हुने मैले भिडियो बनाउँदा प्रमाण माग्ने भनेर पन्छिय । जेन जी आन्दोलनको केही दिनपछि कान्तिपुर दैनिकले आन्दोलनका बेला नेपालका उच्च पदस्थ व्यक्ति कहाँ थिए भनेर समाचार लेख्यो । त्यसमा पूर्वप्रधानमन्त्रीदेखि हालका राष्ट्रपति र दलका शीर्ष नेता कँहा बसेका भनेर लेखिएको थियो ।

उक्त समाचार फेसबकुबाट शेयर गर्दै दाहालले धमिरा सिध्याएर देश बचाउनु पर्थो भनेर लेखे । उनले नेपालका नेपालका भीआइपी मारिनुपर्थो भन्ने आसयमा पोष्ट गरेका थिए । उनले आफ्नो भिडियो मार्फत नेपालको सार्वभौम थलो संसद विघटन गर्नुपर्छ भन्नेसम्मको तर्क गर्न भ्याए । यसरी एकपछि अर्को गर्दै गलत सूचना फैलाएर नेपाली समाज भाड्न टंक दाहाल निरन्तर लागिरहेका छन् ।

 

फोटो: टंक दाहालको फेसबुकबाट

तपाईको प्रतिक्रिया