बीबीसी । टेस्लाका प्रमुख कार्यकारी अधिकृ सिइओ एलन मस्क लाई कम्पनीका शेयरधारकहरूले करिब १ ट्रिलियन अमेरिकी डलर झण्डै ७६० अर्ब पाउण्ड बराबरको रेकर्ड ब्रेकिङ तलब प्याकेज स्वीकृत गरेका छन् ।
यो अभूतपूर्व सम्झौता ७५ प्रतिशत मतले पारित भएको छ र हिजो भएको टेस्लाको वार्षिक साधारणसभामा यस निर्णयले श्रोताहरूबाट ठुलो स्वागत पाएको छ ।
पहिले नै विश्वका सबैभन्दा धनी व्यक्ति रहेका मस्कले यो प्याकेज प्राप्त गर्नका लागि आगामी १
० वर्षभित्र टेस्लाको बजार मूल्यलाई अत्यधिक वृद्धि गर्नुपर्ने छ । निर्धारित लक्ष्यहरू पूरा गर्न सकेमा उनलाई सयौँ मिलियन नयाँ शेयरहरू पुरस्कार स्वरूप दिइनेछ ।
यस विशाल तलब प्याकेजबारे केही आलोचना पनि उठेका छन् । तथापि, टेस्ला बोर्डले भने मस्क कम्पनी छोड्न सक्ने जोखिम रहेको र उनलाई रोक्नका लागि यस्तो प्रस्ताव आवश्यक भएको तर्क गरेको छ ।
बोर्डका अनुसार, मस्क बिना टेस्ला अघि बढ्न कठिन हुने भएकाले यो प्याकेज स्वीकृत गरिएको हो ।





