फागुन १ गतेदेखि त्रि.वि.मा अनिवार्य विद्युतिय हाजिरी

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले आफ्ना सबै कर्मचारीलाई हस्तलिखित हाजिरी खारेज गरी विद्युतिय हाजिरीको व्यवस्था गर्ने भएको छ । माघ ५ गते त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषदले मातहतका सबै क्याम्पस तथा कार्यालयहरूमा फागुन एक गतेदेखि विद्युतीय हाजिरी अनिवार्य लागू गर्ने निर्णय गरी कार्यान्वयनको प्रक्रिया अगाडि बढाएको हो ।

यो निर्णय कार्यान्वयनमा आएपछि विद्युतीय तलब–भत्ता भुत्तानी गर्न अनिवार्य विद्युतिय हाजिरी हरिने भएको छ ।

तपाईको प्रतिक्रिया