काठमाडौं– निर्वाचन आयोगको पछिल्लो मत परिणाम अनुसार समानुपातिक तर्फ नेकपा एमालेले पहिलो पार्टीकै रूपमा निरन्तर अग्रता कायम गरिहेको छ । पछिल्लो मत परिणाम अनुसार नेकपा एमालेले २३ लाख ३४ हजार ३ सय ४५ मत प्राप्त गरेको छ । दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले २२ लाख ३७ हजार ४ सय ९१ मत प्राप्त गरेको छ ।
तेस्रो स्थानमा रहेको माओवादी केन्द्रले ९ लाख ७८ हजार ८ सय ९९ र चौथो स्थानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले ९ लाख २८ हजार २ सय ९९ भोट प्राप्त गरेको छ । समानुपातिक पाँचौ स्थानमा राष्ट्रिय प्रजातन्त्र पार्टी र छठौं स्थानमा जनता समाजवादी पार्टी रहेका छन् ।





