कक्षा ११ र १२ सहित कलेजको पढाईको विकल्पमा स्थापित हुँदै ‘मेरो पढाई’ एप्स

पोखरा– क्लिन्च टेक प्रा.लि.ले सञ्चालनमा ल्याएको मेरो पढाई एप्सले शैक्षिक क्षेत्रमा नयाँ पद्धतिको विकास गर्दै विस्तारै बजारमा आफूलाई स्थापित गराउँदै लगेको छ । गएको कार्तिक देखि सञ्चालनमा आएको मेरो पढाई एप्सले विस्तारै विधार्थी माझ लोकप्रिय समेत बन्दै गएको छ । विद्यालय र कलेज नै नगई पनि सहजै आफ्नो अध्ययन पूरा गर्न सकिने यो एप्समा हालका लागि कक्षा ११ र १२ तथा व्यवस्थापन संकाय अन्र्तगतको वीवीएस (ब्याचलर इन विजनेश स्टडी) को सबै पाठ्यक्रम अनुसारको भिडियो सामाग्री उपलब्ध छ ।

अबको केही समयमा विज्ञान, व्यवस्थापन, मानविकी संकायको कक्षा ११ देखि स्नातककोत्तर सम्मका सबै विषय सहित मेडिकल, इञ्जिनियरिङ, कृषि लगायतका विषयमा पनि मेरो एप्सबाट पढाई शुरू गरिने क्लिन्च टेक प्रा.लिका अध्यक्ष विन्दुराज तिमिल्सिनाले बताउनुभयो । कलेज भर्ना हुने तर जागिरका कारण कक्षा लिन नपाउने र कक्षामा पढ्दा समेत विषयबस्तु राम्रोसँग नबुझेका विद्यार्थीको त मेरो एप्स सारथी नै भएको भनाई तिमिल्सिनाको छ ।

खासगरी न्युमरिक विषयहरू बुझ्न विद्यार्थीलाई कठिन हुने कक्षामा दोर्याउन समेत मुस्किल भई धेरै विद्यार्थी अनउत्तिर्ण हुने समस्याको समाधान पनि मेरो पढाई एप्स हुने क्लिन्च टेक प्रा.लिका कार्यकारी निर्देशक मानवकल्याण पराजुलीले नेपाल परिक्रममा डटकमलाई बताउनुभयो । विश्वविद्यालयमा आध्यापन गराएर बर्षौदेखि अनुभव हासिल गरेका प्राध्यापकहरू द्वारा विषयबस्तु अनुसार भिडियो रेर्कड गराएर मेरो पढाई एप्सले विद्यार्थीहरू उपलब्ध गराउँदे आएको छ ।

अति नै न्यून शुल्क मासिक २ सय मात्र लिएर मेरो एप्सले यो सुविधा विद्यार्थीलाई उपलब्ध गराउँदै आएको छ । पोखरामा केन्द्रीय कार्यालय रहेको क्लिन्च टेक प्रा.लि.ले मेरो एप्स सञ्चालमा ल्याएसँगै अब विद्यार्थीलाई पढाईको कुरा बुझ्न टिउसन सेन्टर ध्याउने बाध्यता समेत हट्ने अपेक्षा कम्पनीले गरेको छ ।

तपाईको प्रतिक्रिया