सुनको भाउ निरन्तर उकालो, आज तोलामा २०० रुपैयाँले वृद्धि

सम्झना वि.क. बैशाख ९, काठमाडौँ- बुधबार १३ सय रुपैयाँले  बढेको सुनको भाउले बिहीबार पनि सुन तोलामा २०० रुपैयाँले वृद्धि भएको हो । आज छापावाला सुन प्रतितोला ९२ हजार २०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला ९१ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बिहिबार प्रतितोला १ हजार ३ सय ३५  रुपैयाँमा कारोबार भईरहेको छ ।

शिक्षा मन्त्रालयद्वारा पाँच देशका लागि ‘नो अब्जेक्सन लेटर’ जारी गर्ने काम स्थगित

प्रतिमा महत बैशाख ९, काठमाडौँ- शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले पाँच देशका लागि वैदेशिक अध्ययन स्वीकृति पत्र (नो अब्जेक्सन लेटर) जारी गर्ने कार्य स्थगित गरेको छ। मन्त्रालयले बुधबार एक विज्ञप्ति जारी गर्दै पाँच राष्ट्रहरु जापान, अस्ट्रेलिया, दक्षिण कोरिया, बंगलादेश र चीनमा लागि स्वीकृति पत्र दिने कार्य स्थागित गरेको जनाएको हो।

भारतमा एकै दिन ३ लाख बढीमा संक्रमण पुष्टी, २ हजार बढीको मृत्यु

प्रतिमा महत बैशाख ९, एजेन्सी- भारतमा एकै दिन ३ लाख बढीमा कोरोना भाईरसको संक्रमण पुष्टी र २ हजार बढीको मृत्यु छ । पछिल्लो २४ घण्टाको अवधिमा एकैदिन ३ लाख १४ हजार ८ सय ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । साथै २ हजार १ सय ४ जनाको मृत्यु भएको भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । यो सँगै भारतमा संक्रमितको संख्या १ करोड ५९ लाख ३० हजार ९ सय ६५ पुगेको छ । त्यस्तै अहिलेसम्म

काठमाडौं उपत्यकामा १०५१ सहित देशभर २३५१ जनामा कोरोना संक्रमण पुष्टि

बैशाख ८, काठमाडौँ-  पछिल्लो २४ घण्टाको अवधिमा देशभर २ हजार ३ सय ५१ जनामा कोरोना भाईरस संक्रमण (कोभिड-१९) पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरमा ८ हजार ८ सय ४८ पिसिआर परिक्षणबाट २ हजार २ सय २० जना र ८ सय ३ एन्टीजेनबाट १ सय ३१ गरी कुल २ हजार ३ सय ५१ जनामा कोरोना संक्रमण पुष्टी भएको छ। काठमाडौं उपत्यकामा मात्र  १ हजार ५१ जना रहेका छन् जसमा काठमाडौंमा ७८६, भक्तपुरमा ८४

लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण

बैशाख ८, काठमाडौँ-  निर्वाचन आयोगले लेखा परीक्षण प्रतिवेदन नवुझाउने ८६ वटा राजनीतिक दलहरूलाई स्पष्टीकरण माग गर्ने निर्णय गरेको छ । आयोगले  दुई बैठकबाट लगातार ३ आर्थिक बर्ष सम्म प्रतिवेदन नबुझाउने ४६ र नियमित प्रतिवेदन नबुझाउने ४० राजनीतिक दललाई ७ दिन भित्र लेखा परीक्षण प्रतिवेदन नबुझाउनुको औचित्यपूर्ण र चित्तबुझ्दो कारण सहित स्पष्टीकरण पेश गर्न भनिएको छ । राजनीतिक दल सम्बन्धी ऐन, २०७३ बमोजिम

नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रमा १ हप्ता लकडाउनको घोषणा

बैशाख ८, काठमाडौँ- जिल्ला प्रशासन कार्यालय बाँकेले  नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रमा अत्यावश्यक बाहेकका सेवा बन्द गर्ने निर्णय भएको छ । बुधबार जिल्ला प्रशासन कार्यालय बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले एक आदेश जारी गर्दै नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रमा  वैशाख ८ गते राती १२ बजेदेखि वैशाख १५ गते राती १२ बजेसम्म अत्यावश्यक सेवा बाहेकका सेवा बन्द गर्ने निर्णय गरेको हो । नेपालगञ्ज

सभामुख सापकोटाविरुद्धको मुद्दामा आज पनि सुनुवाई नहुने

प्रतिमा महत बैशाख ८, काठमाडौँ- सभामुख अग्नि सापकोटा विरुद्ध परेको मुद्दा संवैधानिक इजलासमा आज पनि सुनुवाइ नहुने भएको छ । पहिला पनि सुनुवाइको लागि  पटक-पटक पेसी तोकिएको यो मुद्दा आज सर्वोच्च अदालतको नियमित पेसीमा राखिएको थियो । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको संवैधानिक इजलासमा न्यायाधीशहरु दीपकुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र इश्वरप्रसाद खतिवडा रहेका छन् । सापकोटालाई बि.स

सभामुखविरुद्धको मुद्दा संवैधानिक इजलासमा सुनुवाई हुने

नेहा शर्मा बैशाख ८, काठमाडौँ- सभामुख अग्नि सापकोटा विरुद्ध परेको मुद्दा संवैधानिक इजलासमा सुनुवाइ हुने भएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको संवैधानिक इजलासमा न्यायाधीशहरु दीपकुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र इश्वरप्रसाद खतिवडा रहेका छन् । सापकोटालाई बि.स. २०६२ मा श्रीकृष्ण मावि, दाप्चामा अभिभावक भेला स्थलबाट अर्जुन लामालाई अपहरण गरी हत्या गरिएको भन्ने घटनामा संलग्न भ

सीईडीबीको २५ करोड रुपैयाँ बराबरको आईपीओ बैशाख १७ गते देखि निष्काशन हुने

नेहा शर्मा शाख ८, काठमाडौँ- सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले २५ करोड रुपैयाँ बराबरको आईपीओ बैशाख १७ गते देखि निष्काशन गर्ने भएको छ । बैशाख २ गते नेपाल धितोपत्र बोर्डले सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीलाई आईपीओ जारी गर्न स्वीकृति प्रदान गरेको थियो । कम्पनीले कुल २५ लाख १८ हजार २ सय ३० कित्ता आईपीओ निष्कासन गर्ने लागेको हो । प्रतिकित्ता १०० रुपयाँका दरले बैशाख १७ देखि २१ गते सम्म आ

चार बालबालिका जो सहयोगी मनको पखाईमा छन्

काठमाडौं – काठमाडौंको ग्लेसियर इन्टरनेशनल कलेजमा अध्ययरत कक्षा ११ मा अध्ययरत चार बालबालिका आफ्नो उज्ज्वल भविष्यको लागि सहयोगी मनको पखाईमा छन् । कैलाली, बर्दिया, रामेछाप र काभ्रे घर भएका बालबालिकालाई अहिले काठमाडौंको सिफलमा घर भएकी सिफल खेलकूद प्रतिष्ठान (क्लब) की अध्यक्ष सिला खड्गीले हेरचाह गर्दै आउनुभएको छ । परिवार र साहारा विहीन भएका कैलालीका सविन चौधरी, बर्दियाका अञ्जित चौधरी, रामेछापका सन्दिप