भारतमा एकै दिन ३ लाख बढीमा संक्रमण पुष्टी, २ हजार बढीको मृत्यु

प्रतिमा महत

बैशाख ९, एजेन्सी- भारतमा एकै दिन ३ लाख बढीमा कोरोना भाईरसको संक्रमण पुष्टी र २ हजार बढीको मृत्यु छ ।

पछिल्लो २४ घण्टाको अवधिमा एकैदिन ३ लाख १४ हजार ८ सय ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । साथै २ हजार १ सय ४ जनाको मृत्यु भएको भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।

यो सँगै भारतमा संक्रमितको संख्या १ करोड ५९ लाख ३० हजार ९ सय ६५ पुगेको छ । त्यस्तै अहिलेसम्म कोरोनाले १ लाख ८४ हजार ६ सय ५७ जनाको मृत्यु भएको छ ।

भारतमा २२ लाख ९१ हजार ४ सय २८ सक्रिय संक्रमित रहेका छन् ।

 

 

Published On:  154पटक हेरिएको

तपाईको प्रतिक्रिया