चार बालबालिका जो सहयोगी मनको पखाईमा छन्

काठमाडौं – काठमाडौंको ग्लेसियर इन्टरनेशनल कलेजमा अध्ययरत कक्षा ११ मा अध्ययरत चार बालबालिका आफ्नो उज्ज्वल भविष्यको लागि सहयोगी मनको पखाईमा छन् । कैलाली, बर्दिया, रामेछाप र काभ्रे घर भएका बालबालिकालाई अहिले काठमाडौंको सिफलमा घर भएकी सिफल खेलकूद प्रतिष्ठान (क्लब) की अध्यक्ष सिला खड्गीले हेरचाह गर्दै आउनुभएको छ । परिवार र साहारा विहीन भएका कैलालीका सविन चौधरी, बर्दियाका अञ्जित चौधरी, रामेछापका सन्दिप श्रेष्ठ र काभ्रेकी कविता पहरीलाई सिलाले कराते प्रशिक्षण क्रममा बालमन्दिरमा भेटेकी हुन् । बेसाहारा यि बालबालिकालाई बाल मन्दिरले एसईसई अध्ययनसम्म गराएपनि यसपछि भने बालबालिका साहाराको खोजीमा थिए । एसईईपछि बालमन्दिरमा बस्न पनि नपाउने र बाल मन्दिर छोडेर जानुपर्ने बाध्यतामा रहेका यि चार बालबालिकालाई सिलाले संरक्षकत्व प्रदान गरी प्लस २ भर्ना गराएकी दिएकी हुन् ।

अहिलेसम्म यि चारै जना बालबालिकाको खर्च सिला आफैले ब्यहोर्दै आएकी छिन् । कराते क्बलबाट सामान्य प्रशिक्षण गराएर आफ्नो जिविका निर्वाह गर्दै आएकी सिलालाई भविष्यका यि चार कर्णधारको खर्च जुटाउन अहिले निकै हम्मेहम्मे परेको छ । कैलालीका सविन, बर्दियाका अञ्जित र रामेछापका सन्दिपलाई सिलाले होस्टलमै राखेर ग्लेसियर कलेजमा पढाउँदै आएकी छन् । कविता पहरीलाई भने सिलाले काठमाडौंमा डेरा खोजी राखिदिएकी छिन् । सानै उमेर त्यसमाथि बालिका भएका कारण होस्टलमा असहज हुने महशुस गरेर सिलाले पहरीलाई होस्टेलमा राखिदिएकी हुन् । आफूले कराते सिकाएका विद्यार्थी भएका कारण सिला यि चार बालबालिकालाई अथाह माया गर्छिन् । यस कारण यि बालबालिका भविष्यप्रति सिला निकै चिन्तित छिन् । विगत एक बर्षदेखि कोरोना महामारीका कारण सिलाको कराते प्रशिक्षणको काम ठप्प प्रायः छ ।

आफ्नो सिमित आम्दानीबाट यि बालबालिका रेखदेख गर्दै आएकी सिलालाई अब मासिक खर्च धान्नै मुस्किल परिसकेको छ । उनी भन्छिन् ‘‘आफूले दुई तीन बर्ष प्रशिक्षण गराएका कारण यि बालबालिका मलाई आफ्नै भाइ बहिनी सरह लाग्छ, त्यसैले बालमन्दिरबाट विदा भएका यि बालबालिकालाई मैले केही गर्न सक्छु कि भन्ने लागेर पढाउन हालेकी छु, तर महामारी यसपछिको लकडाउन र फेरी देखिएको कोरोना क्रासका कारण मेरो काम ठप्प छ, जसोतसो पारिवारिक सहयोगमा हेरचाह गर्दै आएको छु, तर अहिले निकै गार्हो भइसकेको छ । ’’ उनी थप्छिन्, ‘‘ कोही सहयोग मन पाए यि बालबालिका हेरचाह गर्न सहज हुन्थ्यो ।’’ कसैले सिधै कलेजमा पढाइमा सहयोग गरिदिए आफूले सकेको हेरचाह गरि बाटो देखाइदिने सोच सिलाको छ । सिलाले सहयोगी मनहरूसँग सहयोगको अपिल समेत गरेकी छन् ।

१. सविन चौधरी  : १६ बर्षिय सविन कैलालीका हुन् । कक्षा ११ मा होटल व्यवस्थापन पढ्दै आएका सविन पढाइमा अब्बल छन् । १२ बर्ष बालमन्दिरमा बसेर पढेका उनको बाबु आमाको अत्तोपत्तो छैन । बालमन्दिरबाट विधाई भएपछि सिलाले उनको रेखदेख गर्दै आएकी छिन् ।

२.अञ्जित चौधरी : बर्दियाको बखुतिया गाउँका अञ्जितको आमा छैनन्, उनलाई सानोमा फूपूले हेरचाह गरेकी थिइन्, एसईई सम्म बालमन्दिर पढेका अञ्जित बेसाहारा भएपछि सिलाले हेरचाह गर्दै आएकी छन् । होटल ब्वयवस्थापन पढ्ने अञ्जित पनि पढाइमा मेधावी छन् ।

३. सन्दिप श्रेष्ठ  : रामेछापका सन्दिप श्रेष्ठलाई पनि सिलाले बालमन्दिरपछिको शिक्षा दिक्षा र हेरचाह गर्दै आएकी छन् । सानैमा बाबुले दोस्रो विहे गरी कान्छी आमासँग बस्न थालेदेखि उनी पढ्न सक्ने अवस्था नभएपछि बाल मन्दिर आएका थिए ।  सानैमा बाबुले दोस्रो विहे गरी कान्छी आमासँग बस्न थालेदेखि उनी पढ्न सक्ने अवस्था नभएपछि बाल मन्दिर आएका थिए ।

 

 

 

 

 

४. कविता पहरी  :  सानै छँदा आमा अर्कैसँग विहे गरेर गएपछि काभ्रेकी कविता बेसाहारा बन्न पुगिन । उनका बुबा मृगौलाका रोगी भएको कारण केही पनि गर्न सक्दैनन् ।

अस्पताल जाने आउने पैसा समेत कविताको परिवारमा नभएको अवस्थामा सिलाले उनको पढाई सहयोग गर्दै आएकी छन् भने हेरचाह पनि सिलाले नै गर्दै आएकी छन् ।

तपाईको प्रतिक्रिया