काठमाडौं उपत्यकामा १०५१ सहित देशभर २३५१ जनामा कोरोना संक्रमण पुष्टि

बैशाख ८, काठमाडौँ-  पछिल्लो २४ घण्टाको अवधिमा देशभर २ हजार ३ सय ५१ जनामा कोरोना भाईरस संक्रमण (कोभिड-१९) पुष्टी भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरमा ८ हजार ८ सय ४८ पिसिआर परिक्षणबाट २ हजार २ सय २० जना र ८ सय ३ एन्टीजेनबाट १ सय ३१ गरी कुल २ हजार ३ सय ५१ जनामा कोरोना संक्रमण पुष्टी भएको छ।

काठमाडौं उपत्यकामा मात्र  १ हजार ५१ जना रहेका छन् जसमा काठमाडौंमा ७८६, भक्तपुरमा ८४ र ललितपुरमा १८१ जना रहेका छन् ।

 

तपाईको प्रतिक्रिया