नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रमा १ हप्ता लकडाउनको घोषणा

बैशाख ८, काठमाडौँ- जिल्ला प्रशासन कार्यालय बाँकेले  नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रमा अत्यावश्यक बाहेकका सेवा बन्द गर्ने निर्णय भएको छ ।

बुधबार जिल्ला प्रशासन कार्यालय बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले एक आदेश जारी गर्दै नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रमा  वैशाख ८ गते राती १२ बजेदेखि वैशाख १५ गते राती १२ बजेसम्म अत्यावश्यक सेवा बाहेकका सेवा बन्द गर्ने निर्णय गरेको हो ।

नेपालगञ्ज उपमहानगर क्षेत्रमा पछिल्ला दिन ७३५ जना सक्रिय संक्रमित पुगेका छन् ।

तपाईको प्रतिक्रिया