नेहा शर्मा
शाख ८, काठमाडौँ- सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले २५ करोड रुपैयाँ बराबरको आईपीओ बैशाख १७ गते देखि निष्काशन गर्ने भएको छ । बैशाख २ गते नेपाल धितोपत्र बोर्डले सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीलाई आईपीओ जारी गर्न स्वीकृति प्रदान गरेको थियो ।
कम्पनीले कुल २५ लाख १८ हजार २ सय ३० कित्ता आईपीओ निष्कासन गर्ने लागेको हो । प्रतिकित्ता १०० रुपयाँका दरले बैशाख १७ देखि २१ गते सम्म आवेदन दिन सकिने छ । यो अवधिमा आईपीओ बिक्री नभएमा भने वैशाख ३१ गतेसम्म खुला रहनेछ ।
कम्पनीले २ प्रतिशत अर्थात ५० हजार ३ सय ६५ कित्ता सेयर कर्मचारी र ५ प्रतिशत अर्थात १ लाख २५ हजार ९ सय ११ कित्ता सेयर म्युचुअल फन्डलाई छुट्याएको छ भने बाँकी २३ लाख ४१ हजार ९ सय ५४ कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।