प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच के कुरा भयो ?

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच संक्रमणकालीन न्याय सम्बन्धी विषयमा छलफल भएको छ । आज विहान प्रधानमन्त्री कार्यालयमा दुईजनाबीच संक्रमणकालिन न्याय सम्बन्धी विषय लम्बिदै गएकाले यसलाई टुङ्ग्याउने सम्भावित आधारबारे छलफल भएको हो ।

छलपलपछि पत्रकारलाई संक्षिप्त प्रतिक्रिया दिदै एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूले संक्रमणकालिन न्याय सम्बन्धी विषय टुङ्ग्याउने विषयमा सरकारले गरेका पहल बारे जानकारी लिएको र यो विषय जतिसक्दो छिटो टुङ्ग्याउन ताकेता गरेको बताउनुभयो ।

अगामी माघ २२ गते संसदको हिउँदे अधिवेशन आह्वान भएको सन्दर्भमा दुईजनाबीच छलफल भएको हो ।

तपाईको प्रतिक्रिया