राष्ट्रियसभा निर्वाचन : पुस १६ देखि निर्वाचन अधिकृतको कार्यालय स्थापना हुने

काठमाडौँ, १३ पुस स् आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि नियुक्त निर्वाचन अधिकृतले यही पुस १६ गतेदेखि निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्दैछन । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा ७ बमोजिम सात जिल्लाका जिल्ला न्यायाधीशलाई यही पुस १६ गतेदेखि लागू हुने गरी बिहीबार निर्वाचन अधिकृतका रुपमा नियुक्त गरेको थियो । ती अधिकृतले सम्बन्धित प्रदेशमा प्रदेश नि

बिजुलीको बक्यौता तिर्नैपर्छ, छुट हुँदैन : प्राधिकरण

काठमाडौँ, १२ पुस : नेपाल विद्युत् प्राधिकरणले विगतमा डेडिकेटेड फिडर एवं ट्रङ्क लाइनबाट विद्युत् उपभोग गरेका र हाल लाइन काटिएका ग्राहकलाई पुनरावेदन प्रक्रियामा आउन आग्रह गरेको छ । महसुल उठाउनैपर्ने र राजस्वमा छुट दिन नसकिने भएकाले पुनरावलोकन प्रक्रियामा आउन वा किस्ताबन्दीमा तिर्नका लागि अवसर दिन सकिने स्पष्ट पारेको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आज यहाँ आयोजित पत्रकार सम्मे

गभर्नरको योग्यतालाई लिएर सर्वोच्चमा रिट

काठमाडौँ, १२ पुस : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको शैक्षिक योग्यतामाथि प्रश्न उठाउँदै सर्वोच्च अदालतमा रिट दायर भएको छ । कानुनव्यवसायीहरु दीपकराज जोशी, प्रतापसिंह ठकुराठी, दामोदर तिमिल्सना र चुडामणि भण्डारीले आज दायर गरेको रिटमा गर्भनर अधिकारीको शैक्षिक योग्यता नपुगेको दाबी गरिएको छ । उक्त निवेदनमाथि शुक्रबार सुनुवाइ हुने सर्वोच्च अदालतका सहप्रवक्ता गोविन्द घिमिरेले राससलाई जानक

मुलुकका पर्यटकीय स्थलको विश्वबजारमा प्रवर्द्धन गर्नुपर्नेमा राष्ट्रपतिको जोड

गलकोट, ११ पुस : राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वाधार निर्माणमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण हुने भएकाले त्यसमा लगानी गर्न उद्यमी–व्यवसायीहरुलाई आग्रह गर्नुभएको छ । उहाँले भन्नुभयो, “विश्व पर्यटन बजारमा नेपालका पर्यटकीय स्थलको प्रवर्द्धन गरी यस क्षेत्रलाई आयआर्जन र समृद्धिको आधारका रूपमा स्थापित गर्न सकिन्छ ।” बागलुङ उद्योग वाणिज्य सङ्घले आज यहाँ आयोजना गरेको सातौँ बागलुङ महोत्सवको उद्घाटन

प्रधानमन्त्रीद्वारा राष्ट्रका नाममा सम्बोधन

काठमाडौँ, १० पुस : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो नेतृत्वमा सरकार गठन भएको एक वर्ष पूरा भएको अवसरमा अहिले राष्ट्रका नाममा सम्बोधन गर्नुभएको छ । उहाँले अहिले सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयबाट सम्बोधन गरिरहनुभएको छ । सम्बोधनका क्रममा प्रधानमन्त्री दाहालले आफ्नो नेतृत्वमा सरकार गठन भएयताको एक वर्षको अवधिमा भएका मुख्यमुख्य कामका विवरणसहित सुशासन प्रवद्र्धन तथा सामाजिक न्यायको

प्रधानमन्त्री दाहालले भोलि ३ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने

काठमाडौँ, ९ पुस : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भोली (मङ्गलबार) अपराह्न ३ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने हुनुभएको छ । प्रधानमन्त्रीमा नियुक्त भएको एकवर्ष पुगेका अवसरमा उहाँले सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयबाट राष्ट्रका नाममा सम्बोधन गर्न लाग्नुभएको हो । विसं २०७९ पुस १० गते प्रधानमन्त्रीमा नियुक्त हुनुभएका प्रधानमन्त्री दाहाल नेतृत्वको सरकारले सुशासन, समृद्धि र सामाजिक न

आर्थिक समृद्धि सरकारको उच्च प्राथमिकतामा : मन्त्री शर्मा

विराटनगर, ८ पुस : सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सुशासन, आर्थिक समृद्धि र सेवा प्रवाहलाई सरकारले उच्च प्राथमिकता राखेको बताउनुभएको छ । प्रेस सेन्टर मोरङद्वारा आज आयोजित पत्रकार भेटघाटमा उहाँले शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्‍याउने दायित्व बोकेको सरकारले सुनकाण्ड, ललिता निवास प्रकरणजस्ता सुशासनका कामलाई व्यवस्थित ढङ्गले छानबिन गरेको बताउनुभयो । मन्त्री शर्माले अहिलेको व्यवस्थाम

सांसदसँग गाउँलेका साझा माग: बाँदर नियन्त्रण र सडक कालोपत्र

पर्वत, ८ पुस : पर्वतका ग्रामीण बस्ती खाली हुँदै गएका छन् । हरेक बस्तीमा पुग्दा घरमा वृद्धवृद्धाबाहेक कोही भेटिँदैनन् । युवापुस्ता शून्यप्राय देखिन्छ । मतदाताको अवस्था बुझ्नका लागि प्रतिनिधिसभामा दोस्रो कार्यकालका लागि निर्वाचित भएको एक वर्षपछि सांसद एवं एमाले संसदीय दलका प्रमुख सचेतक पदम गिरीसँग अधिकांश बस्तीमा गाउँलेका दुई वटा साझा माग गरेका छन् । ती हुन् सडकको स्तरोन्नति र बाँदर नियन्त्रण । व

प्रधानमन्त्री ‘प्रचण्ड’ र शीर्ष नेताबीच छलफल

काठमाडौँ, ८ पुस : सङ्क्रमणकालीन न्यायलाई टुङ्गो लगाउने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज प्रमुख दलका शीर्ष नेतासँग छलफल गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको छलफलमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखक सहभागी हुनुहुन्थ्यो । प्रधानमन्त्री दाहालका प्रेसविज्ञ मनोहरि तिमिल्सिन

जनताका मुद्दामा सबै सांसद एक ठाउँमा उभिनुपर्छ : सांसद गौतम

काठमाडौँ, ८ पुस : प्रतिनिधिसभा सदस्य सोविता गौतमले सांसदहरू जनताका चासो र सरोकारका सबै मुद्दामा एक हुनुपर्ने बताउनुभएको छ । ‘सांसदसँग रासस संवाद’मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद गौतमले जनताको वृहत्तर हितका विषयमा प्रस्तुत हुने मुद्दामा सांसद सत्तापक्ष र प्रतिपक्षका आधारमा बाँडिनु ठीक नभएको बताउनुभयो । उहाँले भन्नुभयो, “संसद्मा प्रस्तुत हुने जनचासोका विषयलाई पनि मतदानका आधारमा स्व