कांग्रेसमा सभापतिका लागि चार उम्मेद्वार भिड्ने

फागुन १९ । नेपाली कांग्रेसमा चार जना उम्मेद्वार सभापति लागि भीड्ने भएका छन् । संस्थापन पक्षबाट तीन र बरिष्ठ नेता शेर बहादूर देउवा गरी चार जनाले सभापतिको दाबी गर्दै उम्मेद्वारी दिने भएका हुन् । संस्थापन पक्षबाट कार्यवहाक सभापति रामचन्द्र पौदेल, महामन्त्री कृष्ण सिटौला र नेतृ सुजता कोइरालाले सभापतिको उमेद्वारी दिने भएका हुन् । नेतृ सुजाता कोइरालाले उनले बुधबार आफ्नै निवास मन्डिखाटरमा पत्रकार सम्मेलन

मुख्यमन्त्री नीतिशकुमार काठमाडौमा

फागुन १९ । नेपाली कांग्रसको महाधिवेशन उद्घाटनमा सत्रमा भाग लिन भारतको विहार प्रदेशका मुख्य मन्त्री नीतिशकुमार काठमाडौं आइपुगेका छन् । भोलिवाट काठमाडौंमा शुरू हुने नेपाली कांग्रेसको १३ औं महाधिवेशनको उद्घाटन शत्रमा सहभागीता जनाउन उनी काठमाडौं आइपुगेका हुन् ।  नीतिशकुमारले आज नेपालका राजनीतिक दलका शीर्ष नेताहरूसँग भेटघाट गर्ने कार्यक्रम पनि रहेको छ ।

मन्त्रिपरिषद्द्धारा राष्ट्र बैंकको डेपुटी गर्भनर सहित तीन महाबाणिज्यदूतको नियुक्ति

फागुन १९ । मन्त्रिपरिषद्को बैठकले नेपाल राष्ट्र बैंकको डेपुटी गर्भनर सहित तीन महाबाणिज्यदूत नियुक्ति गरेको छ । सिंहदरवारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले राष्ट्र बैंकको डेपुटी गर्भनरमा गर्भनरमा चिन्तामणि सापकोटा र शिवराम श्रेष्ठलाई नियुक्त गरेको हो । मन्त्रिपरिषद्को बैठकले सहसचिवत्रय एकनारायण अर्याललाई कलकत्ता, गोविन्दा कार्कीलाई ल्हासा र कमल भट्टराईलाई हङकङको महावाणिज्य दुतमा नियुक्त  पनि गरेको