क्षेत्रीय साइबर सुरक्षा सप्ताहका लागि अबुधाबीमा ७० मुलुक भेला हुँदै

अन्तर्राष्ट्रिय दूरसञ्चार सङ्घ (आईटीयू) र अरब क्षेत्रीय साइबर सुरक्षा केन्द्र (एआरसीसी) सँगको सहयोगमा संयुक्त अरब इमिरेट्स (युएई) ले आजदेखि आगामी बिहीबारसम्म क्षेत्रीय साइबर सुरक्षा २०२३ आयोजना गर्दैछ । ‘साइबर सुरक्षा नवप्रवर्तन र उद्योग विकास’ शीर्षकमा अबुधाबीमा समारोह सुरु भएको हो । युएईद्वारा प्रायोजित क्षेत्रीय साइबर सुरक्षा २०२३ अरब र इस्लामिक मुलुकहरूमा सबैभन्दा ठूलो साइबर कार्यक्र

सिरियाली सैन्य एकेडेमीमा भएको आक्रमणमा ६६ को मुत्यु

सिरियाको मध्य प्रान्त होम्सस्थित एक सैन्य एकेडेमीमा बिहीबार भएको ड्रोन हमलामा कम्तीमा कम्तीमा ६६ सर्वसाधारण र सैनिकको मृत्यु भएको छ । उक्त हमलामा एक सय ९० जना घाइते भएको सिरियाली सरकारी सञ्चारमाध्यमले जनाएको छ । हमलामा परेकामध्ये कम्तीमा ६६ जनाको मृत्यु भइसकेको होम्सको चिकित्सा स्रोत तथा सरकारी एफएमहरुले पुष्टि गरेका छन् छन् । सिरियाली सेनाले एक विज्ञप्ति जारी गर्दै सैन्य अधिकारीहरूको दीक्षा

सभामुखमा जिम जोर्डनलाई ट्रम्पको समर्थन

वासिङ्टन, १९ असोज । अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले हाउस अफ रिप्रेजेन्टेटिभको सभामुख पदमा ओहायोका रिपब्लिकन सांसद जिम जोर्डनलाई आधिकारिकरूपमा समर्थन गर्नुभएको छ । उहाँले हाउस जुडिसियरी कमिटीका अध्यक्ष तथा लामो समय देखिका आफ्नो बचाउकर्ता जोर्डनलाई केभिन म्याककार्थीको उत्तराधिकारीका रूपमा समर्थन गर्नुभएको हो । “ओहायोको चौथो कंग्रेसनल डिस्ट्रिक्टको प्रतिनिधित्व गर्दै वासिङ्टन ड

खडेरीले सन् २०२३ को प्रारम्भमा जलविद्युत्मा ‘ऐतिहासिक’ विश्वव्यापी गिरावट

बैङ्कक, १९ असोज । खडेरीले सन् २०२३ को पहिलो छ महिनामा जलविद्युत् उत्पादनमा ‘ऐतिहासिक’ विश्वव्यापी गिरावट आएको नयाँ अनुसन्धानले देखाएको छ । विशेषगरी यस्तो अवस्था चीनमा देखिएको भन्दै अनुसन्धानले जलवायु परिवर्तनका कारण यस्तो भएको बताएको छ । नवीकरणीय ऊर्जासम्बन्धी प्रबुद्ध समूह एम्बरले गरेको अनुसन्धानअनुसार जलविद्युत् उत्पादनको गिरावटले बिद्युतीय सङ्क्रमणको गतिलाई नकारात्मक असर पार्न सक्ने चेतावनी

बाढीमा २३ भारतीय सैनिक बेपत्ता

उत्तरपूर्वी सिक्किम प्रान्तमा भीषण वर्षाका कारण आएको शक्तिशाली बाढीमा २३ सैनिक बेपत्ता भएको भारतीय सेनाले बताएको छ । “उत्तर सिक्किमको ल्होनाक तालमा अप्रत्याशितरूपमा बादल फाट्दा टिस्टा नदीमा बाढी आयो, २३ सैनिक बेपत्ता भएको र केही सवारी साधन डुबेको खबर छ”, सेनाले भनेको छ, “खोजी कार्य जारी छ ।” उक्त दुर्गम क्षेत्र नेपालसँग भारतको सीमा नजिक पर्छ । साथै ल्होनाक ताल विश्वको तेस्रो सबैभन्दा अग्लो हि

पानीको तापक्रम बढेका कारण अमेजनमा १०० भन्दा बढी डल्फिन मृत फेला

गम्भीर खडेरीको चपेटमा परेको ब्राजिलको अमेजन वर्षावनमा गत साता एक सयभन्दा बढी डल्फिन मरेका छन् । विज्ञहरूले पानीको तापक्रम उच्च भएकाले अझ धेरै डल्फिन मर्न सक्ने बताएका छन् । ब्राजिलको विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको अनुसन्धान समूह दि मामिराउआ इन्स्टिच्युटले टेफे ताल वरपरको क्षेत्रमा सोमबार थप दुई वटा मृत डल्फिन फेला परेको जनाएको छ । उक्त ताल यस क्षेत्रका जलचर स्तनधारी र माछाहरूका

बैंककको व्यापारिक केन्द्रमा गोली चल्दा एक व्यक्तिको मृत्यु, छ जना घाइते

थाइल्याण्डको राजधानी बैंककको खचाखच भरिएको व्यापारिक केन्द्र ९सपिङ मल० मा मङ्गलबार भएको गोलीकाण्डमा एक व्यक्तिको मृत्यु भएको छ भने छ जना घाइते भएका छन् । थाइल्याण्डको राजधानी बैंककको मध्यभागमा रहेको सियाम पारागोन मलमा स्थानीय समयअनुसार अपराह्न ४ः३० बजे गोली चलेपछि सयौँ मानिस भागेका प्रत्यक्षदर्शीले बताएका छन् । इरावान इमर्जेन्सी सेन्टरका निर्देशक युथाना स्रेतानानले सञ्चारमाध्यमलाई दिएक

भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार तीन वैज्ञानिकलाई

परमाणु र अणुभित्र इलेक्ट्रोनको अन्वेषण गर्ने उपकरणहरूको अनुसन्धानका लागि तीन वैज्ञानिकलाई यस वर्षको भौतिक शास्त्रतर्फको नोबेल पुरस्कार प्रदान गरिने भएको छ । फ्रान्सका पिएरे अगोस्टिनी, हङ्गेरी–अस्ट्रियाली फेरेन्क क्राउज र फ्रान्सेली–स्विडिश एनी एलहुइलियरलाई उक्त पुरस्कार प्रदान गरिने भएको हो । पदार्थमा इलेक्ट्रोन गतिशीलताको अनुसन्धानका लागि प्रकाशको एटोसेकेन्ड पल्स उत्पन्न गर्ने प्रयोगात्मक विधि

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान रिहा

पाकिस्तानका पूर्वप्रधानमन्त्री तथा तेहरिक–ए–इन्साफ (पीटीआई) प्रमुख रिहा भएका छन् । उनलाई विहीबार रिहा गरिएको हो । रिहापछि शुक्रबार अल कादिर ट्रस्ट प्रकरणका लागि इस्लामावाद उच्च अदालत उपस्थित हुने तालिका रहेको त्यहाँका सञ्चार माध्यमले जनाएका छन् । पाकिस्तानको सर्वोच्च अदालतले खानलाई उच्च अदालतमा उपस्थित नहुन्जेल कडा सुरक्षा प्रदान गर्नसमेत आदेश दिएको छ ।  

टर्की र सिरियामा भूकम्पबाट मुत्यु हुनेको संख्या २८ हजार नाघ्यो

  एजेन्सी– गएको सोमबार टर्की र सिमाना जोडिएको सिरयामा गएको ७.८ म्याग्निच्युडको भूकम्पमा परि ज्याज गुमाउनेको संख्या २८ हजार नाघेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । भूकम्पबाट टर्कीमा २४ हजार ७ सय भन्दा बढि र सिरियामा ३ हजार ५ सय भन्दा बढिले ज्यान गुमाएको सरकारी अधिकारीहरूले बताएको बीबीसीमा उल्लेख छ । अझै पनि भूकम्प प्रभावित क्षेत्रमा खोजी तथा उद्दारको काम जारी नै रहकाले मृत