टर्की र सिरियाको भूकम्पमा परी मृत्यु हुनेको संख्या १५ हजार नाघ्यो

काठमाडौं । गएको सोमबार बिहान टर्की र सिमाना जोडिएको सिरियाको भूकम्पमा परी मृत्यु हुनेको संख्या १५ हजार नाघेको छ । टर्कीको गाजियान्टेपलाई इपिसेन्टर बनाएर गएको भूकम्पमा परि टर्कीका १२ हजार ३ सय ९१ र सिरियाका २ हजार ९ सय ९२ जनाले ज्यान गुमाएका छन् । ७.८ म्याग्निच्युडको भूकम्पमा परी टर्कीमा मात्र ४० हजार भन्दा बढि घाइते भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

पर्यटनमन्त्री श्रेष्ठसँग पोल्याण्डका राजदुत बुराकोव्स्कीको भेट

काठमाडौं - संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठसँग नेपालका लागि गणतन्त्र पोल्याण्डका गैरआवाशीय राजदूत आडम बुराकोव्स्कीले शिष्टाचार भेट गरेका छन् । मन्त्रालयमा आज भएको भेटमा उहाँहरुबीच नेपाल र पोल्याण्डबीच रहिआएको सम्बन्ध, आपसी हित र चासोका बिषयमा कुराकानी भएको छ। मन्त्री श्रेष्ठले नेपाल र पोल्याण्डबीच कुटनीतिक सम्वन्ध स्थापित भएको ६३ बर्षसम्म सुमधुर सम्वन्ध रहिआएको चर्चा गर्दै

श्रममन्त्री श्रेष्ठसँग दक्षिण कोरियाका राजदूतको शिष्टाचार भेट, इपीएस सम्झौता छिट्टै नवीकरण हुने

काठमाडौँ- श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ र नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क चोङ–सुक बीच मंगलबार शिष्टाचार भेट  भएको  छ । सिंहदरबारस्थित मन्त्रालयमा आज भएको भेटमा उहाँहरुबीच दुई देशबीच रहिआएको सम्बन्ध, आपसी हित र चासोका विषयमा छलफल भएको हो । मन्त्री श्रेष्ठले सन् २०२० देखि नविकरणको प्रकृयामा रहेको रोजगार अनुमति प्रणाली सम्वन्धी द्विपक्षीय समझदारीलाई छिट्टै टु

रुसलाई तत्काल युद्ध रोक्न आग्रह गर्दै प्रदर्शन

काठमाडौँ-रुसले युक्रेनमाथि गरेको  युद्ध  तत्काल रोक्न आग्रह गर्दै काठमाडौँमा प्रदर्शन भएको छ । युद्ध र आणविक अस्त्र विरुद्ध  मानव अधिकार तथा शान्ति समाजले रुसलाई तत्काल युद्ध रोक्न आग्रह गर्दै काठमाण्डौ स्थित रुसी दुतावास अगाडि प्रदर्शन गरेको छ । २९ मार्च २०२२ सम्पन्न प्रदर्शनमा रुसी आक्रमणका कारण बालबालिका र महिलासहित हजारौ निहत्था मानिसको हत्या र अस्पताल एवं शैक्षिक प्रतिष्ठानहरुमाथिको आक्रम

भ्रष्टाचार सूचकांकमा यो बर्ष पनि नेपाल ११७ औं स्थानमै, यस्तो छ ट्रान्सपरेन्सीको प्रतिवेदन!

काठमाडौँ- ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआई) ले आज सार्वजनिक गरेको भष्ट्राचार अवधारण सूचकांक २०२१ मा नेपाल ११७ औं स्थानमा रहेको छ । अघिल्लो  बर्ष पनि नेपालले ३३ अंक सहित ११७ औं स्थानमा रहेको थियो । अघिल्लो बर्ष झैँ यो बर्ष पनि नेपालको स्कोर स्थिर रहनुमा भष्ट्राचार नियन्त्रणमा केहि प्रगति हुन नसकेको ट्रान्सपरेंसी ईन्टरनेशनल नेपालले जनाएको छ । १८० देशमा समावेश भएको सूचकाङ्कमा सबैभन्दा कम भ्रष्टा

म्यानमारकी प्रजातन्त्रवादी आङ सान सुकीलाई चार वर्षको जेल सजाय

काठमाडौँ- म्यानमारको अदालतले प्रजातन्त्रवादी आङ सान सुकीलाई चार वर्षको जेल सजाय सुनाएको छ। उनीमाथि सार्वजनिक अशान्ति फैलाएको र कोभिड-१९ नियम उल्लंघन गरेको गरेको आरोपमा चार वर्षको जेल सजाय सुनाएको अन्तराष्ट्रिय संचार माध्ययमले जनाएका छन्। ७६ वर्षीया सुकी बिरुद्द भ्रष्टाचारलगायतका एक दर्जन आरोपको लगाईएको छ। गत बर्षको नोभेम्बरमा भएको आम निर्वाचनमा सुकीको पार्टीले विजय हासिल  गरेको थियो ।  तर स

भारतमा चौथो व्यक्तिमा पनि देखियो नयाँ भेरियन्ट ‘ओमिक्रोन’

काठमाडौँ- भारतमा अर्को एक जनामा पनि कोभिड-१९ को नयाँ  भेरियन्ट ओमिक्रोन देखिएको छ । राजधानी नयाँ दिल्लीमा पहिलो पटक एक जनामा संक्रमण पुष्टी भएको भारतीय संचार माध्ययले जनाएका छन्। यो संगै भारतमा नयाँ भेरियन्ट ‘ओमिक्रोन’ संक्रमण पुष्टी हुनेको संख्या ४ पुगेको छ। गत नोभेम्बर २३ मा अफ्रिकी मुलुक तान्जानीयाबाट आएका ३३ बर्षीयको पुरुषको दिल्लीको विमानस्थलमा कोरोना परिक्षणका लागि नमुना दिएका थिए।  भ

कोरोनाका कारण खस्कियो जापानको अर्थतन्त्र

जापानको कूल गार्हस्थ्य उत्पादन (जिडिपी) सन् २०२० मा ४.६ प्रतिशतले खुम्चिएको छ । सन् १९५५ यता एक आर्थिक वर्षमा यतिठूलो मात्रामा जिडिपीमा कमी आएको पहिलो पटक रहेको जापानी तथ्याँक विभागले जनाएको छ । सन् २००८ को विश्वव्यापी आर्थिक सङ्कटका क्रममा जापानको अर्थतन्त्र ३.६ प्रतिशतले संकुचित भएको थियो । साथै यस वर्ष सन् २०२१ को जनवरीदेखि मार्चको तीन महिनाको अवधिमा पनि अघिल्लो वर्षको सोही अवधिको तुलनामा देशक

के डोनाल्ड ट्रम्पले फेरी फेसबुक चलाउन पाउँछन् त ?

एजेन्सी । फेसबुकले अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको अकाउन्टमाथि लगाइएको प्रतिबन्ध हटाउने या जारी राख्ने भन्नेबारे बुधबार अन्तिम निर्णय सुनउने भएको छ । ट्रम्पको फेसबुक र इस्टाग्राम अकाउन्ट हटाइएका सम्बन्धी सर्वसाधारणबाट ९ हजार बढी प्रतिक्रिया प्राप्त गरेको फेसबुक बोर्डले बुधवार निर्णय सुनाउने भएको हो । गएको जनवरी ६ का दिन अमेरिकी संसदमा भएको हिंसात्मक आक्रमणलाई उक्साएको मामिलामा ट्रम

भारतमा एकै दिन ४ लाख बढीमा संक्रमण पुष्टी, ३५ सय बढीको मृत्यु

एजेन्सी- भारतमा पछिल्लो २४ घण्टामा ४ लाख १ हजार ९ सय ९३ जनामा कोरोना भाईरस (कोभिड१९) संक्रमण पुष्टी भएको छ भने ३५ सय २३ जनाको संक्रमणबाट मृत्यु भएको छ । भारतमा यो  एकै दिन भएको उच्च संक्रमणको नयाँ रेकर्ड हो। १ करोड ९१ लाख ६४ हजार ९६९ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । २ लाख ११ हजार ८ सय ५३ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । भारतमा ३२ लाख ६८ हजार ७ सय १० सक्रिय संक्रमित रहेको भारतको