बैंककको व्यापारिक केन्द्रमा गोली चल्दा एक व्यक्तिको मृत्यु, छ जना घाइते

थाइल्याण्डको राजधानी बैंककको खचाखच भरिएको व्यापारिक केन्द्र ९सपिङ मल० मा मङ्गलबार भएको गोलीकाण्डमा एक व्यक्तिको मृत्यु भएको छ भने छ जना घाइते भएका छन् ।

थाइल्याण्डको राजधानी बैंककको मध्यभागमा रहेको सियाम पारागोन मलमा स्थानीय समयअनुसार अपराह्न ४ः३० बजे गोली चलेपछि सयौँ मानिस भागेका प्रत्यक्षदर्शीले बताएका छन् ।

इरावान इमर्जेन्सी सेन्टरका निर्देशक

युथाना स्रेतानानले सञ्चारमाध्यमलाई दिएको जानकारीमा एक महिलाको हत्या भएको पुष्टि गर्नुभएको छ । उहाँले यस पहिले उक्त घटनामा तीन जनाको मृत्यु भएको भनी आएको समाचारको खण्डन गर्दै एक व्यक्तिको मात्र मृत्यु भएको बताउनुभएको छ । युथानाले भन्नुभयो, “प्रारम्भिक अनुसन्धानबाट मृतक चिनियाँ नागरिक रहेको खुल्न आएको छ ।”

आक्रमणमा छ जना घाइते भएको र पाँच जनाको अवस्था गम्भीर रहेको उहाँले बताउनुभयो । गोली लागेकामध्ये एक जनाबाहेक सबै महिला थिए ।

–गोली हानेको आरोपमा १४ वर्षीय किशोर पक्राउ–

रोयल थाई प्रहरीको महानगरीय अनुसन्धान विभागले आफ्नो आधिकारिक फेसबुक पेजमा १४ वर्षीय एक किशोरलाई गोली हानेको आरोपमा पक्राउ गरिएको जनाएको छ । भिडियो फुटेजमा कालो सर्ट, चस्मा र अमेरिकी झण्डा अङ्कित टोपी लगाएका एक लामो कपाल भएका बालकलाई प्रहरीले नियन्त्रणमा लिएको देखिएको छ ।
प्रधानमन्त्री श्रेता थाभिसिनले आफूले स्थितिलाई नजिकबाट नियालिरहेको बताउनुभएको छ ।

“अहिले मेरो लागिसबैभन्दा बढी चासो सबै नागरिकको सुरक्षा हो,” उहाँले एक्स ९ट्वीटर० मा लेख्नुभएको छ । उहाँले भन्नुभयो, “म सबै अधिकारीहरूलाई सबै सुरक्षित हुन सकून् भन्नका लागि स्थितिको निगरानी गर्न आग्रह गर्दछु ।”

तपाईको प्रतिक्रिया