यस्तो छ विद्यार्थीहरूका लागि त्रि.वि. को नयाँ नियम

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले स्नातकोत्तरका विद्यार्थीका लागि नयाँ नियम सार्वजनिक गरेको छ । त्रि.वि.ले स्नातकोत्तरको अन्तिम सेमेष्टरमा हुने थेसिस सम्बन्धी नियम परिवरिर्तन गरेको हो ।

त्रि.वि.ले मानविकी संकायको स्नातकोत्तर तहको अन्तिम सेमेष्टरमा अन्य विषय सरह थेसिसको समेत कक्षा सञ्चालन गर्नुपर्ने र चौथो सेमेष्टर सकिएको ९० दिनसम्म पनि प्रपोजलको भाइबा नसक्ने विद्यार्थीलाई त्यो बर्षको ग्याप मानि अर्को बर्षको लागि पुन परिक्षा फारम भर्नुपर्ने नियम लागू गरेको हो ।

नयाँ नियमअनुसार अब १ बर्ष प्राध्यापन अनुभव नभएको व्यक्ति र कुनै पनि कलेजमा स्थायी दरबन्दीमा नभएको व्यक्ति बाह्य सुपरिवेक्षक बन्न पाउन छैन । नयाँ नियम अनुसार विद्यार्थीलाई ८९ भन्दा माथि नम्बर दिनुपरेमा त्यसको उचित कारण पनि पेश गनुपर्ने छ । उचित कारण विनै ८९ भन्दा माथि नम्बर दिएमा त्यस्तो नम्बरको परिक्षण गरी शंसोधन गर्न सकिने नयाँ व्यवस्था लागू भएको हो ।

तपाईको प्रतिक्रिया