स्टार अटोले ल्यायो बजाजका मोटरसाइकल खरिदमा अफर नै अफर

काठमाडौं । स्टार अटोले बजाज कम्पनीका मोटरसाइकल खरिद गर्ने ग्राहकलाई अफर नै अफरको घोषणा गरेको छ । कम्पनीले चाडपर्वसँगै विभिन्न किसिमका १ बर्षे अफरहरू घोषणा गरेको जनाएको छ । काठमाडौंको लैनचौर स्काउट भवन र नयाँबजारको विष्णुमति पुल नजिकै रहेको सेल्स अफिसबाट बजाजका कुनैपनि मोडलका मोटरसाइकल खरिद गर्ने ग्राहक कम्पनीले विभिन्न किसिमको अफरको घोषणा गरेको सञ्चालक धनबहादुर बस्नेतले नेपाल परिक्रमालाई जानकारी दिनुभयो ।

 

यस्ता छन् बजाजको विक्रेता स्टार अटोले घोषणा गरेका अफरहरू  : 

  •   स्टार अटोबाट मोटरसाइकल खरिद गर्ने ग्राहकलाई सर्भिसङमा १ बर्षे निशुल्क सदस्यता । (यस सुविधामा स्टार अटो         केयरमा  मोटरसाइकल सर्भिसिङ गराउँदा पार्टपुर्जामा १० देखि १५ प्रतिशतसम्म छूट पाइनेछ । )
    – शून्य ब्याजदरमा फाइनान्स सुविधा ।
    – जुनसुकै कम्पनीको मोटरसाइकल र स्कुटरको पनि उचित मुल्याङ्कन गरी बजार मुल्यभन्दा कम्तीमा १०/१५ हजार बढि मुल्य    कायम गरी बजाजको नयाँ मोटरसाइकलको सुविधा ।
    – प्रत्येक मोटरसाइकलको खरिदमा हेलमेट, ले गार्ड र एक्सेसरिज सेट निशुल्क
    – फोन र सामाजिक सञ्चालबाटै बुक र खरिद पनि गर्न सकिने ।
    – ग्राहकले चाहेमा आवश्यक परेमा घरसम्म मोटरसाइकल खरिदको सुविधा
    – सरकारी र राष्ट्रियस्तरका कम्पनीमा कार्यरत कर्मचारीलाई कर्मचारी नियुक्तिपत्रको प्रतिलिपि, नागरिकता र चालक अनुमति   पत्रका आधारमा विशेष सुविधासहित मोटरसाइकल खरिदको अवसर ।
    – २५ प्रतिशत डाउनपेमेन्टमै फाइनान्सको सुविधासहित मोटरसाइकल खरिद गर्न सकिने ।
    – बजाजको मोटरसाइकल साटफेरमा जुनसुकै कम्पनीको मोटरसाइलको पनि मुल्य प्रचलित बजारभाउकै आधारमा गरिने ।
    – सामाजिक सञ्जालमार्फत् आउने ग्राहकलाई विशेष छूट ।
    – पहिले खरिद गरेको ग्र्राहकले पुनः अर्को ग्राहक रिफर गरी मोटरसाइकल खरिद गरेको खण्डमा रू. पाँच हजार छूट ।
    – मोटरसाइकल खरिद गरी नियमितरूपमा स्टार अटो केयरमा सर्भिसिङ गर्ने ग्राहकलाई कम्पनीबाटै मोटरसाइकल अवस्थाबारे  बुझिने र  सर्भिसिङमा विशेष प्राथमिकता दिइने ।
    – सर्भिसिङको एक हप्ताभित्र कुनै समस्या आएमा निशुल्क चेकजाँच ।

तपाईको प्रतिक्रिया