स्टार अटो : घर–घरमा फाइनान्स सुविधा, गाउँ गाउँमा पुर्याउन छैन दुविधा

काठमाडौं । बजाज मोटरसाइकल कम्पनीको आधिकारिक विक्रेता स्टार अटोले बजाज मोटरसाइकलका खरिदकर्तालाई घरमा पुगेर फाइनान्सको सुविधा दिने भएको छ ।

अब ग्राहकले स्टार अटोका सेल्स कार्यालयबाट बजाजका कुनैपनि मोटरसाइकल खरिद गर्ने निक्र्योल गरेमा कम्पनीले घरमा पुगेर फाइनान्सको सुविधा दिनेछ । यति मात्र हैन ग्राहकले चाहेमा देशभरका कुनैपनि जिल्लाबाट स्टार अटोमा मोटरसाइकल खरिद गरेमा स्टार अटो आफैले घरसम्म ढुवानीको पनि व्यवस्था गर्नेछ ।

काठमाडौंको लैनचौर (स्काउट भवन) र नयाँबजार (बालाजु, विष्णुमति पुल नजिकै) रहेको सेल्स कार्यालयबाट बजाजका मोटरसाइकल खरिद गर्ने कुनैपनि जिल्लाका ग्राहकलाई घरसम्मै मोटरसाइकल पु¥याइदिने व्यवस्था गरेको कम्पनीका निर्देशक एलिन बस्नेतले नेपाल परिक्रममालाई जानकारी दिनुभयो ।

१९ बर्षदेखि निरन्तर बजाजका मोटरसाइकल खरिदविक्री गर्दै आएको स्टार अटोले आफ्नै सक्रियतामा ग्राहकलाई यस किसिमको योजनाको घोषणा गरेको हो ।

तपाईको प्रतिक्रिया