सर्वोच्चले सन्दिपलाई विदेश जाने आदेश दिएन

राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान सन्दीप लामिछाने विदेश भ्रमण जान पाउनुपर्ने माग सहित परेको रिटमा सर्वोच्चले आदेश जारी गरेन । बरू धरौटीमा छाड्ने उच्च अदालत, पाटनको आदेशविरुद्ध सरकारले दिएको निवेदनलाई समेत साथमा राखेर आइतबार नै पेश गर्न आदेश दिएको छ ।

यसले सन्दीप रिहा भएको विषयमा समेत के हुने भन्ने बारे छिट्टै टुङ्गो लाग्ने भएको छ । लामिछानेविरुद्ध नाबालिग बलात्कारको मुद्दा काठमाडौं जिल्ला अदालतमा विचाराधीन छ ।

तपाईको प्रतिक्रिया