अन्नतः सन्दिप लामिछाने धरौटीमा रिहा

काठमाडौं । नाबालिका बलत्कार अभियोग लागि थुनामा रहेका राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान सन्दिप लामिछाने उच्च अदालत पाटनको आदेश अनुसार रिहा हुनुभएको छ । लामिछानेले २० लाख धरौटी बुझाएर रिहा हुनुभएको हो । न्यायाधीशद्वय ध्रुवराज नन्द र रमेश ढकालको इजलासले मुद्दाको अन्तिम टुंगो नलागेसम्म लामिछानेलाई विदेश जान रोक लगाउँदै धरौटीमा छाड्न बिहीबार आदेश दिनुभएको थियो ।

तपाईको प्रतिक्रिया