विशिष्ट व्यक्तिको सुरक्षा सम्बनधी कार्यविधि परिमार्जन हुने

काठमाडौं । गएको शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीका क्रममा प्रहरीले एक चिकित्सकलाई कुटपिट गरेपछि चर्किएको विवाद साम्य पार्न सरकारले विशिष्ट व्यक्तिको सुरक्षा सम्बनधी कार्यविधि २०७७ लाई परिमार्जन गर्ने भएको छ ।

खासगरी काठमाडौं उपत्यका भित्र हुने राष्ट्रपति, प्रधानमन्त्री र विदेशी विशिष्ट पाहुनाको सवारी हुँदा प्रहरी प्रशासनले आम सर्वसाधारण माथि धरपक्कड गर्दै आएको छ । पछिल्लो समय यसको सामाजिक सञ्जालदेखि जनस्तरमा यसको ब्यापक विरोध हुँदै आएको छ ।

तपाईको प्रतिक्रिया