चिकित्सकको आन्दोलनले सेवाग्राही मर्कामा

काठमाडौं । गएको शुक्रबार राष्ट्रपतिको सवारीका क्रममा ट्रमा सेन्टरमा कार्यरत एक डाक्टरलाई प्रहरीले हातपात गरेको विषयलाई लिएर आज देशभरका स्वास्थ्य संस्थाले आकस्मिक वाहेकका सेवा ठप्प पारेपछि उपचारका लागि देशभरबाट आएका विरामी मर्कामा परेका छन् ।

राष्ट्रपति सवारीका क्रममा एक बरिष्ठ प्रहरी हवल्दारले ट्रमा सेन्टरका डाक्टर माथि हातपात गरेपछि चिकित्सक तथा स्वास्थ्यकर्मीले तत्काल विरोध जनाउँदै प्रर्दशन गरेको थिए ।

उक्त प्रर्दशनमा पनि प्रहरीले धरपक्कड गरेको थियो । नेपाल चिकित्सक संघले यसै घटनाको विरोध गर्दै आज देशभरका स्वास्थ्य सेवा ठप्प पारेको हो । यसैबीचमा स्वास्थ्य मन्त्रालयले चिकित्सकहरू आन्दोलन फिर्ता लिन आग्रह गर्दै विज्ञप्ती पनि प्रकाशित गरेको छ ।

तपाईको प्रतिक्रिया