प्रचण्ड प्रधानमन्त्री बन्ने पक्का

काठमाडौं ।  । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अगामी सरकारको प्रधानमन्त्री बन्ने पक्कापक्की भएको छ । वर्तमान सत्ता गठबन्धन टुटेपछि एमाले सहितका दलको समर्थनमा प्रचण्ड प्रधानमन्त्री बन्न लाग्नु भएको हो ।

एमालेले सरकार निर्माण साथ दिने भएपछि प्रचण्ड नेतृत्वमा एमालेको ७८ माओवादी केन्द्रको ३२ राष्ट्रिय स्वतन्त्रपार्टीको २० राप्रपाको १४ जसपाको १२ जनमतको ६ गरी १६२ मत जुटेको छ । जुन सरकार निर्माणका लागि सहज बहुमत हो । सरकार निर्माणका लागि १ सय ३८ भए पर्याप्त हुन्छ ।

तपाईको प्रतिक्रिया