झुलाघाट नाका पूर्णरूपमा सञ्चालनमा

बैतडी, १ कात्तिक । भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाकामा आजदेखि पूर्णरूपमा सञ्चालनमा आएको छ । झुलाघाटस्थित महाकाली नदीमा रहेको झोलुङ्गे पुलको मर्मतसम्भार कार्य भइरहेकाले गत असोज ९ गतेदेखि आंशिकरूपमा मात्रै सञ्चालनमा थियो । पुल मर्मत सम्पन्न भइसकेकाले आजदेखि पूर्णरूपमा आवागमन सञ्चालन भएको प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले जानकारी दिनुभयो । यसअघि पुल मर्मतको कामका लागि बिहान ८ः४५ बजेदेखि

सहुलियत पसलमै छैन चिनी

लेखनाथ (कास्की), ३० असोज: पोखरा नयाँबजार निवासी प्रेमबहादुर क्षत्री दसैँका लागि चिनी खरिद गर्न सोमबार दिउँसो पोखराको पृथ्वीचोकस्थित साल्ट ट्रेडिङ कर्पोरेशनको सहुलियत पसलको बिक्री केन्द्र पुग्नुभयो । तर त्यहाँ चिनी नै बिक्रीमा नभएपछि रित्तो हात घर फर्कनुपर्‍यो । “उपभोक्तालाई लक्षित गरी काठमाडाैँमा सहुलियत पसलबाट चिनी बिक्री भइरहेको समाचार हेरेर पोखराको साल्ट ट्रेडिङले पनि बिक्री गरेको होला भन्दै

मूल्यवृद्धि ८ दशमलव १९ प्रतिशत पुग्यो

काठमाडौँ, ३० असोज : नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो दुई महिनाको तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गरेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक अवस्थाको स्थितिअनुसार गत भदौ मसान्तसम्ममा वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति आठ दशमलव १९ प्रतिशत पुगेको छ । सरकारले चालु आर्थिक वर्षमा मूल्यवृद्धि साढे छ प्रति

दुई महिनामा रु दुई खर्ब २८ अर्ब रेमिट्यान्स भित्रियो

काठमाडौँ, ३० असोज : चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो दुई महिनामा नेपालले करिब साढे दुई खर्ब रेमिट्यान्स भित्र्याएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको गत भदौ मसान्तसम्मको तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार यो अवधिमा विप्रेषण आप्रवाह २२ दशमलव एक प्रतिशतले बढेर रू दुई खर्ब २८ अर्ब ३७ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १९

नेपाल विद्युत प्राधिकरणले यसवर्ष पनि पायो ‘डबल ए प्लस’ क्रेडिट रेटिङ

काठमाडौं, २९ असोज : नेपाल विद्युत प्राधिकरणले यस वर्ष पनि ‘डबल ए प्लस’ क्रेडिट रेटिङ पाएको छ । इक्रा नेपालले प्राधिकरणको क्रेडिट रेटिङ गरी ‘इक्रा एनपी डबल ए प्लस’ स्तरको रेटिङ प्रदान गरेको हो । अघिल्लो वर्ष पनि प्राधिकरणले सोही रेटिङ पाएको थियो । डबल ए प्लस रेटिङ प्राप्त गर्ने संस्थाको आफ्नो वित्तीय तथा आर्थिक दायित्व समयमै वहन गर्न सक्ने उच्च क्षमता सुरक्षित रहन्छ । डबल ए प्लस रेटिङ पाउने संस्

स्टार अटोले ल्यायो बजाजका मोटरसाइकल खरिदमा अफर नै अफर

काठमाडौं । स्टार अटोले बजाज कम्पनीका मोटरसाइकल खरिद गर्ने ग्राहकलाई अफर नै अफरको घोषणा गरेको छ । कम्पनीले चाडपर्वसँगै विभिन्न किसिमका १ बर्षे अफरहरू घोषणा गरेको जनाएको छ । काठमाडौंको लैनचौर स्काउट भवन र नयाँबजारको विष्णुमति पुल नजिकै रहेको सेल्स अफिसबाट बजाजका कुनैपनि मोडलका मोटरसाइकल खरिद गर्ने ग्राहक कम्पनीले विभिन्न किसिमको अफरको घोषणा गरेको सञ्चालक धनबहादुर बस्नेतले नेपाल परिक्रमालाई जानकारी द

स्टार अटो लैनचौरमा बजाजको महाएक्सचेन्ज मेला  : ग्राहकले पाउने छन् यस्ता सुविधा

काठमाडौं । नेपालीहरूको महान पर्व विजयादशीको उपलक्ष्यमा स्टार अटो लैनचौरले बजाज मोटरसाइकलको नेपालस्थित आधिकारिक विक्रेताको नियम भित्र रहेर विशेष अफर कार्यान्वयमा ल्याएको छ । बजाजको महाएक्सचेन्ज मेला अन्र्तगत स्टार अटोको सेल्स कार्यालयहरू लैनचौर वा बालाजु गई जुनसुकै कम्पनीको मोटरसाइकल साटफेर गर्ने प्रत्येक ग्राहकलाई बजार मूल्य भन्दा १० हजार भन्दा बढि छूट दिई नयाँ मोटरसाइकल दिने प्रबन्ध स्टार अटो इन्

नयाँ नोट सटही असोज २९ गतेदेखि

काठमाडौैँ, २१ असोज ः नेपाल राष्ट्र बैंकले दसैँ, तिहारलगायत चाडबाडलाई लक्षित गरी यही असोज २९ गतेदेखि नयाँ नोट सटही सुविधा दिने भएको छ । राष्ट्र बैंकले आज सूचना जारी गर्दै नयाँ नोट सटही सुविधाबारे जानकारी दिएको हो । राष्ट्र बैंकले हरेक वर्ष चाडबाडमा नयाँ नोट सटहीको सुविधा दिँदै आएको छ । काठमाडौँ उपत्यकाभित्रको हकमा राष्ट्र बैंकअन्तर्गतको मुद्रा व्यवस्थापन विभाग र विभिन्न वाणिज्य बैंकका शाखामार्फत

गोरखा सदरमुकाम क्षेत्रको मुख्य सडक विस्तार गर्ने तयारी

गोरखा, १८ असोज : लामो समयसम्म सडक विस्तार हुन नसकेको गोरखा बजार क्षेत्रको मुख्य सडक विस्तार हुने भएको छ । गोरखा नगरपालिका र वडा कार्यालयको समन्वयमा सदरमुकाम क्षेत्रको मुख्य सडक विस्तारसँगै सुविधा सम्पन्न फुटपाथ निर्माण गर्न लागिएको नगरप्रमुख कृष्णबहादुर रानामगरले जानकारी दिनुभयोे । बहुवर्षीय योजनाअन्तर्गत गर्न लागिएको सडक विस्तारको पहिलो चरणमा गोरखा–६ स्थित पुरानो बसपार्कदेखि वडा नं ८ को खोलखोल

तातोपानी नाकामा चहलपहल बढ्यो

सिन्धुपाल्चोक १८ असोज : दसैँ, तिहारलगायत चाडपर्वलाई लक्षित गरेर व्यापारीले चीनबाट सामान आयात गर्न थालेपछि तातोपानी नाकामा चहलपहल बढ्दै गएको छ । जाडोका लागि तयारी कपडा, फलफूल, जुत्ताचप्पल, तिहारका सामान, ऊनका सामग्री, विद्युतीय सामान चीनका विभिन्न क्षेत्रबाट नेपाली व्यापारीले ल्याउन थालेका छन् । तातोपानी नाकाबाट दसैँको सामान बोकेर दैनिक ३० कन्टेरको जाँचपास भई काठमाडौँ भित्रने गरेको तातोपानी सुक्