स्टार अटो लैनचौरमा बजाजको महाएक्सचेन्ज मेला  : ग्राहकले पाउने छन् यस्ता सुविधा

काठमाडौं । नेपालीहरूको महान पर्व विजयादशीको उपलक्ष्यमा स्टार अटो लैनचौरले बजाज मोटरसाइकलको नेपालस्थित आधिकारिक विक्रेताको नियम भित्र रहेर विशेष अफर कार्यान्वयमा ल्याएको छ । बजाजको महाएक्सचेन्ज मेला अन्र्तगत स्टार अटोको सेल्स कार्यालयहरू लैनचौर वा बालाजु गई जुनसुकै कम्पनीको मोटरसाइकल साटफेर गर्ने प्रत्येक ग्राहकलाई बजार मूल्य भन्दा १० हजार भन्दा बढि छूट दिई नयाँ मोटरसाइकल दिने प्रबन्ध स्टार अटो इन्टरप्राइजेजले गरेको सञ्चालक धन बहादुर बस्नेतले जानकारी दिनुभयो ।

सञ्चालक बस्नेतका अनुसार बजाजको महाएक्सचेन्ज मेलाको छूट सुविधा ग्राहकले अगामी २९ गतेसम्म पाउनेछन् भने अन्य बाँकी सुविधा दशै तिहार र छठको अवधिभर लागु हुनेछन् । यति मात्र नभई मोटरसाइकल खरिदका लागि आउने जो कोहीले मोटरसाइकल साटफेरमा शून्य ब्याजदरमा फाइन्सको सुविधा समेत पाउनेछन् ।

 

अझ सरकारी कर्मचारी र राष्ट्रिय स्तरका कम्पनीमा कार्यरत कर्मचारीले आफ्नो नियुक्तिको प्रतिलिपि, नागरिकता र चालक अनुमति पत्र थोरै मात्र डाउनपेमेन्ट गरेर पनि नयाँ मोटरसाइकल खरिद गर्न सक्नेछन् । अन्य ग्राहकले पनि विना धितो नागरिकता र चालक अनुमति पत्रकै भरमा निश्चित प्रतिशत भुत्तानी गरी मोटरसाइकल साटफेर वा खरिद गर्न सक्नेछन् ।

 

तपाईको प्रतिक्रिया