काठमाण्डौ, पछिल्लो २४ घण्टाको अवधिमा देशभर १ हजार ३ सय ५९ जनामा कोरोना भाईरस संक्रमित (कोभिड-१९) पुष्टी भएको छ | आज थप १४ जनाको मृत्यु भएको छ | आज अहिले सम्मकै धेरै संक्रमण पुष्टी भएको हो |
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न १३ हजार ६ सय ३८ जनामा प्रयोगशालामा नमुना पिसिआर परिक्षणबाट १ हजार ३ सय ५९ जनामा कोरोना संक्रमित पुष्टी भएको छ भने काठमाडौं जिल्लामा मात्र ३८६, ललितपुरमा ३२ र भक्तपुरमा ३६ संक्रमित भेटिएका छन् ।
यो वृद्धिसँगै नेपालमा कोरोना भाईरस (कोभिड-१९) बाट संक्रमण हुनेको सङ्ख्या ४४ हजार २ सय ३६ जना पुगेका छन् | भने २ सय ७१ जनाको मृत्यु भएको छ |
पछिल्लो २४ घण्टामा कोरोना भाईरस बाट निको भएर १३ सय ५४ जना घर फर्किएका छन् भने शुक्रबार सम्ममा कुल २५ हजार ५ सय ६१ जना निको भएर घर फर्केका छन् ।
अहिले सम्म १८ हजार ४ सय ४ जना सक्रिय संक्रमित रहेका छन् | ७ हजार ४ सय ६२ जना होम आईसोलेशनमा रहका छन् भने १० हजार ९ सय ४२ जना संस्थागत आईसोलेशनमा रहका छन्