शुक्रबार १ हजार ३ सय ५९ जनामा कोरोना संक्रमण पुष्टी, थप १४ जनाको मृत्यु

काठमाण्डौ,  पछिल्लो २४ घण्टाको अवधिमा  देशभर १ हजार ३  सय ५९ जनामा कोरोना भाईरस संक्रमित (कोभिड-१९) पुष्टी भएको छ | आज थप १४ जनाको मृत्यु भएको छ | आज अहिले सम्मकै धेरै संक्रमण पुष्टी भएको हो |

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न १३ हजार ६ सय ३८ जनामा  प्रयोगशालामा नमुना पिसिआर परिक्षणबाट १ हजार ३ सय ५९ जनामा कोरोना संक्रमित पुष्टी भएको छ भने काठमाडौं जिल्लामा मात्र ३८६,  ललितपुरमा ३२  र भक्तपुरमा ३६ संक्रमित भेटिएका छन् ।

यो वृद्धिसँगै नेपालमा कोरोना भाईरस (कोभिड-१९) बाट संक्रमण हुनेको सङ्ख्या ४४ हजार २ सय ३६ जना पुगेका छन् | भने २ सय ७१ जनाको मृत्यु भएको छ |

पछिल्लो २४ घण्टामा कोरोना भाईरस बाट निको भएर १३ सय ५४ जना घर फर्किएका छन् भने शुक्रबार सम्ममा कुल  २५ हजार ५ सय ६१ जना निको भएर घर फर्केका छन् ।

अहिले सम्म १८ हजार ४ सय ४ जना सक्रिय संक्रमित रहेका छन् | ७ हजार ४ सय ६२ जना होम आईसोलेशनमा रहका छन् भने १० हजार ९  सय ४२ जना संस्थागत आईसोलेशनमा रहका छन्

तपाईको प्रतिक्रिया