काठमाडौं । बजाज मोटरसाइकलको मान्यताप्राप्त विक्रेता स्टार अटोले नेपालीको दोस्रो ठूलो पर्व तिहारलाई लक्षित गरी ‘‘स्टार अटो तिहार धमाका’’ अफरको घोषणा गरेको छ । स्टार अटोले शुक्रबारदेखि तिहार अवधिभरका लागि स्टार अटोमा आई बजाजको नयाँ मोटरसाइकल खरिद गर्ने ग्राहकलाई विशेष फाइनन्सको सुविधासहित जागिर भएका खरिदकर्तालाई सम्बन्धित कम्पनीले ग्यारेन्टीपत्र उपलब्ध गराएको खण्डमा कागजपत्र अनुसार सामान्य डाउनपेमेन्टमै बजाज कम्पनीका मोटरसाइकल उपलब्ध गराउने भएको हो ।
यतिमात्र हैन, यो योजना अन्र्तगत जुनसुकै कम्पनीको मोटरसाइकसँग साँटफेर गरी बजाज कम्पनीको मोटरसाइकल खरिद गर्दा बजारमूल्य भन्दा १० देखि १५ हजार बढि मुल्याङ्कन प्राप्त गर्न सक्नेछन् । ‘‘स्टार अटो तिहार धमाका’’ योजना अन्र्तगत स्टार अटाको सेल्स कार्यालय लैनचौर (स्काउट भवन वा नयाँ बजार (बलाजुपुलसँगै) बाट मोटरसाइकल खरिद गरेको खण्डमा उक्त मोटरसाइकलको सर्भिसिङमा ग्राहकले पाट्समा १३ देखि १५ प्रतिशतसम्म छूट पाउने र तोकिएको वाहेक अत्तिरिक्त एक सर्भिसिङ जार्च निशुल्क प्राप्त गर्ने सुविधा दिइने कम्पनीका निर्देशक एलिन बस्नेतले नेपाल परिक्रममालाई जानकारी दिनुभयो ।
यसका अलवा यो योजना अन्र्तगत स्टार अटोबाट बजाजका कम्पनीका मोटरसाइकल खरिद गर्ने गा्रहकले हेलमेट र ले गार्ड सहितका एक सेट सामाग्री पनि प्राप्त गर्नेछन् । तिहार लक्षित यो योजनामा रि–कन्डिशनका मोटरसाइकल खरिद गर्ने ग्राहकलाई सामान्य अवस्थामा तोकिएको मूल्य भन्दा १० हजारसम्म छूट दिइने स्टार अटोका अध्यक्ष डि.बि. बस्नेतले नेपाल परिक्रममालाई जानकारी दिनुभयो ।












