काठमाडौँ-पछिल्लो २४ घण्टाको अवधिमा देशभर ३ सय २६ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरमा ९ हजार ७ सय पीसीआर परिक्षणबाट २९१ र २ हजार ७९८ एन्टीजेन विधिबाट ३५ गरी कुल ३२६ जनामा संक्रमण पुष्टी भएको छ। 
कोरोना संक्रमणका कारण थप २ जनाको मुत्यु भएको मन्त्रालयले जनाएको छ।
आज २ सय ५५ जना निको भएर घर फर्केका छन्।
२४ घण्टामा थप ३ लाख ४४ हजार ४४ जनाले कोरोना भाईरस बिरुद्द खोप लगाएका मन्त्रालयले जनाएको छ ।
नेपालमा सक्रिय संक्रमितको संख्या ५ हजार ५ रहेको छ।





