३ सय २६ जनामा कोरोना संक्रमण पुष्टी, २ को मृत्यु

काठमाडौँ-पछिल्लो २४ घण्टाको अवधिमा देशभर ३ सय २६ जनामा  कोरोना संक्रमण पुष्टी भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरमा ९ हजार ७ सय पीसीआर परिक्षणबाट २९१  र २ हजार ७९८ एन्टीजेन विधिबाट ३५ गरी कुल ३२६ जनामा संक्रमण पुष्टी भएको छ।

कोरोना संक्रमणका कारण थप २ जनाको मुत्यु भएको मन्त्रालयले जनाएको छ।

आज २ सय ५५ जना निको भएर घर फर्केका छन्।

२४ घण्टामा थप ३ लाख ४४ हजार ४४ जनाले कोरोना भाईरस बिरुद्द खोप लगाएका मन्त्रालयले जनाएको छ ।

नेपालमा सक्रिय संक्रमितको संख्या ५ हजार ५ रहेको छ।

तपाईको प्रतिक्रिया