संघीय संसदमा आज बजेट पेश हुँदै, कर्मचारीको तलब बढ्ने

काठमाडौं । संवैधानिक व्यवस्था अनुसार संघीय संसदको सयुक्त सदनमा आज आर्थिक बर्ष २०८२/८३ बजेट प्रस्तुत हुँदै छ । संविधानको भाग १० धारा ११९ (३) अनुसार प्रत्येक आर्थिक बर्ष राजश्व र व्ययको अनुमान जेठ १५ गतेभित्र पेश गरिसक्नुपर्ने व्यवस्था छ ।

यस बर्षको बजेटमा कर्मचारीको तलब बढ्ने अपेक्षा गरिएको छ । निजामति ऐन अनुसार निश्चित समायावधिमा कर्मचारीको तलब सुविधा बढ्ने व्यवस्था छ ।

विगत तीन आर्थिक बर्षदेखि कर्मचारीको तलब नबढेकाले यस पटक सरकारले बजेट निर्माणकै क्रममा सरकारी कर्मचारीको तलब बढाउने गृहकार्य समेत गरेको थियो ।

तपाईको प्रतिक्रिया